Like us!
Follow us!
Connect us!
Watch us!

सामान्य अंकले बढ्यो नेप्से, ६ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा

अर्थ संसार

विहीबार, २६ चैत्र २०७७, १५ : ३५ मा प्रकाशित

सामान्य अंकले बढ्यो नेप्से, ६ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा

साताको अन्तिम दिन आज (बिहिबार) सेयर बजारमा सामान्य वृद्धि भएको छ । आज सेयर बजार झिनो अंकले बढेको हो । बिहिबार सेयर कारोबार मापक नेप्से परिसूचक २ दशमलव ७४ अंकले बढेर २६ सय ७४ दशमलव ३५ को बिन्दुमा पुगेको हो । आज नेप्से परिसूचक ०.१० प्रतिशतले बढेको हो । 

उता सेन्सेटिभ परिसूचक भने ०.२८ अंकले घटेको छ सेन्सेटिभ परिसूचक ४ सय ७६ दशमलव ५१ को बिन्दुमा पुगेको छ । 

सेयर बजार झिनो अंकले बढ्दा कारोबार रकममा भने गिरावट आएको छ । आज २ सय ७ वटा कम्पनीको एक करोड ३२ लाख ४३ हजार ३ सय ६५ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ४७ करोड ३४ लाख १६ हजार 2 सय ७४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कूल १३ वटा उपसमूहमध्ये ७ वटा उपसमूहको सेयर बढेको ७ भने बाँकि ६ वटा उपसमूहको सेयर घटेको छ । आज बैंकिङ्ग समूहको सेयर ०.१ प्रतिशतले बढेको छ । त्यसैगरी, होटल र पर्यटन, विकास बैंक, फाइनान्स, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड समूहको सेयरमूल्य बढेको छ ।

यता व्यापार, हाइड्रोपावर, निर्जीवन बीमा, उत्पादन, लगानी र अन्य समूहको सेयरमूल्य घटेको छ ।

बजारमा सामान्य वृद्धि देखिँदा ६ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार गरेको छ ।  आज एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्रीनलाइफ हाइड्रोपावर, ज्योति लाइफ इन्स्योरेन्स, मल्टीपर्पस फाइनान्स, रिलायन्स फाइनान्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।


आज अप्पर तामाकोशी हाइड्रोपावरले सर्वाधिक कारोबार गरेको छ कम्पनीले ३६ करोड ७ लाख ८० हजार बराबरको कारोबार गरेको छ ।
त्यसैगरी क्रमशः नेपाल बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, चन्द्रागिरी हिल्स लिमिटेड, नबिल बैंक लिमिटेड, नेपाल टेलिकम, नेपाल पुनर्बीमा कम्पनी, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स, ज्योति विकास बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले सर्वाधिक कारोबार गरेको छ ।

सर्वाधिक नाफा कमाउने कम्पनीहरु 
आज एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्रीनलाइफ हाइड्रोपावर, ज्योति लाइफ इन्स्योरेन्स, मल्टीपर्पस फाइनान्स, रिलायन्स फाइनान्स,  ग्लोबल आइएमई लघुवित्त, श्री इन्भेष्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स एनआरएन  इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र पोखरा फाइनान्स कम्पनीका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन्  ।

सर्वाधिक घाटा व्यहोर्ने कम्पनीहरु 
सामान्य अंकले बढेको बजारमा आज  यूनिभर्सल पावर, रसुवागढी हाइड्रोपावर, अजोड इन्स्योरेन्स, एनआइसी एशिया ग्रोथ फण्ड, पञ्चकन्यामाई हाइड्रोपावर, रिडी हाइड्रोपावर डेभलपमेण्ट, खानी खोला हाइड्रोपावर, सान्जेन जलविद्युत, नेशनल हाइड्रोपावर र हिमालयन जनरल इन्स्योरेन्सका लगानीकर्ताले भने सर्वाधिक घाटा व्यहोरेका छन्  ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको