Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ वर्षमा ग्याजेट्स किन्दा ७० प्रतिशतसम्मको छुट, मुलुकभर क्यास अन डेलिभरी

अर्थ संसार

आइतबार, २९ चैत्र २०७७, ११ : ५३ मा प्रकाशित

नयाँ वर्षमा ग्याजेट्स किन्दा ७० प्रतिशतसम्मको छुट, मुलुकभर क्यास अन डेलिभरी

इकमर्श प्लेटफर्म रिचार्जरले नयाँ वर्षको अवसरमा “न्यू इयर सेल” अफर सार्वजनिक गरेको छ । मोबाइल एपका प्रयोगकर्तालाई केन्द्रमा राखेर रिचार्जरले ७० प्रतिशतसम्मको छुटमा विभिन्न किसिमका ग्याजेट्स उपलब्ध गराउने भएको हो । 

देशभरी डेलिभरी सेवा दिने रिचार्जरले ग्याजेट्सका अलावा अन्य सामान खरिद गर्दा डेलिभरीको समयमा भुक्तानी गर्न सकिने जनाएको छ । अफरमा एउटा ग्याजेट्स किन्दा अर्को एउटा सित्तैंमा पाइनेछ । यो अफर भने तोकिएका ब्राण्ड तथा ग्याजेट्मा मात्र लागू हुनेछ । त्यसै गरी नयाँ वर्षमा रिचार्जरबाट सामान खरिद गर्नेले गिफ्ट भौचर, क्यास प्वाइन्ट पनि पाउने छन् । 

चैत ३० गते सोमबारदेखि आगामी बैशाख २ गतेसम्म चल्ने अफरमा सहभागि सबै ग्राहकलाई गोलाप्रथामा सहभागि गराई आकर्षक उपहार पनि बितरण गरिने ग्लोबल की टेक्नोलाजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए । नयाँ वर्षमा धेरैले आफ्ना ग्याजेट् अपडेड गर्ने योजना बनाउने गरेकाले आकर्षक अफर सहित सेल सञ्चालन गरिएको बताएका ग्लाइडरले यसबाट सेवाग्राहीले लाभ लिन सक्ने बताए । 

किस्ताबन्दीमा ग्याजेट्स खरिद गर्न चाहनेहरुले सेल अवधिमा बिना कुनै शुल्क प्रकृया अघि बढाउन सक्नेछन् । यस अवधिमा किस्ताबन्दीमा सामान खरिद गर्नेहरुलाई शुन्य प्रतिशत व्याजदरमा ग्याजेट्स उपलब्ध गराउने रिचार्जरले जनाएको छ । 

गूगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी खाता खोल्दा १ हजार क्यास प्वाइन्ट पाइनेछ । यसका अलावा मोबाइल रिचार्ज गर्दा शतप्रतिशत र अन्य सेवाहरुको भुक्तानीमा २० प्रतिशत क्यास प्वाइन्ट पाइन्छ । यसरी प्राप्त हुने क्यास प्वाइन्टलाई रिचार्जरबाट सामान खरिद गर्दा छुटका रुपमा रिडिम गर्न सकिन्छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको