Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओलाई कति रेटिङ ?

अर्थ संसार

आइतबार, २९ चैत्र २०७७, १६ : १२ मा प्रकाशित

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओलाई कति रेटिङ ?

सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्कासन गर्न लागेकाे साधारण सेयर (आईपीओ) को रेटिङ सम्पन्न गरेको छ ।

कम्पनीको आईपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘ट्रीपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६० करोड रूपैयाँ बराबरकाे ६० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्दैछ । हालसम्म कम्पनीले सेबाेनमा भने निवेदन पेश गरेकाे छैन । कम्पनीले यसअघि नै आईपीओ निष्कासन गर्नका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेकाे छ ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० कराेड रूपैयाँ रहेको छ । साधारण सेयर (आईपीओ) निष्कासन गरे पश्चात कम्पनीकाे चुक्ता पूँजी २ अर्ब रूपैयाँ पुग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको