Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा लाईफको आईपीओ डिम्याट खातामा आयो, कहिलेबाट खुल्छ कारोबार ?

अर्थ संसार

सोमबार, १४ भदौ २०७८, ०७ : ३४ मा प्रकाशित

सानिमा लाईफको आईपीओ डिम्याट खातामा आयो, कहिलेबाट खुल्छ कारोबार ?

सानिमा लाईफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि SLI सिम्बाेल पाएकाे छ ।

हाल कम्पनीकाे उक्त आईपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ । यसै साता सूचीकरण सम्पन्न गरी काराेबार सूरू गर्ने तयारी गरिएकाे छ । नेप्सेमा सूचिकृत भएपछि लगानीकर्ताले उक्त सेयर कारोबार गर्न सक्नेछन्  । 

सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन २० गते, बुधबारदेखि साउन २४ गते आईतबारसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियाे । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको थियाे ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । ग्राेलाप्रथाबाट वितरण गर्दा ५ लाख ४० हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका थिए ।

कम्पनीको आईपीओमा २४ लाख १९ हजार ८ सय ४८ आवेदकबाट ३ करोड ६९ लाख ५१ हजार ८० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो । कम्पनीको आईपीओले हालसम्मका सबै रेकर्डहरु ब्रेक गरेकाे थियाे । 

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १०३ रुपैयाँ १७ पैसादेखि अधिकतम ३०९ रुपैयाँ ५१ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे आर्थिक वर्ष २०७५/७६ को  प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ १७ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ३०९ रुपैयाँ ५१ पैसा हुन्छ । कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ को अपरिष्कृत वित्तीय विवरण भएको हुनाले आर्थिक वर्ष २०७५/७६ को नेटवर्थबाट ओपनिङ रेञ्ज ताेकिनेछ ।

कम्पनीको आर्थिक वर्ष २०७६/७७ सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार प्रतिसेयर नेटवर्थ १०९ रूपैयाँ ६७ पैसा रहेको छ । आर्थिक वर्ष २०७९/८० सम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १३९ रूपैयाँ ३३ पैसा पुग्ने प्रक्षेपण गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको