Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा लाईफकाे नयाँ बोनस दर सार्वजनिक, कुन याेजनामा कति बाेनस ?

अर्थ संसार

मंगलबार, ०८ चैत्र २०७८, ११ : १९ मा प्रकाशित

सानिमा लाईफकाे नयाँ बोनस दर सार्वजनिक, कुन याेजनामा कति बाेनस ?

सानिमा लाईफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले नयाँ बाेनस दर कायम गरेकाे छ ।

कम्पनीले बीमा समितिबाट स्वीकृत भए अनुसार विभिन्न प्रकारका बीमा योजनाहरूकाे आर्थिक वर्ष २०७६/७७ को बोनस दर सार्वजनिक गरेको हाे ।

कम्पनीले सावधिक बीमा याेजना (रेगुलर) मा प्रति हजार न्यूनतम ३५ रूपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस कायम गरेकाे छ । यस्तै, कम्पनीकाे सावधिक बीमा याेजना (एकल) मा प्रति हजार न्यूनतम ३५ रूपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनस कायम गरिएकाे छ । त्रिपल सावधिक बीमा याेजनामा प्रति हजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँसम्म बोनस पाउनेछन् । सावधिक तथा आजीवन बीमा योजनामा प्रति हजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाउनेछन् । 

त्यसैगरी, अग्रिम भुक्तानी बीमा योजनामा प्रति हजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ४५ रूपैयाँसम्म बाेनस पाइनेछ । कम्पनीकाे वार्षिक अग्रिम भुक्तानी बीमा याेजनामा प्रति हजार २० रूपैयाँदेखि अधिकतम २३ रूपैयाँसम्म बोनस प्राप्त गर्न सकिनेछ ।

कम्पनीले सार्वजनिक गरेको नयाँ बोनस दर यस प्रकारकाे छ :

623960a70f853.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको