Like us!
Follow us!
Connect us!
Watch us!

इन्साइडर ट्रेडिङ सेयर बजारको रोग हो : विश्लेषक भट्टराई

अर्थ संसार

सोमबार, ३० चैत्र २०७७, ११ : ५१ मा प्रकाशित

इन्साइडर ट्रेडिङ सेयर बजारको रोग हो : विश्लेषक भट्टराई

सेयर विश्लेषक रबिन्द्र भट्टराईले इन्साइडर ट्रेडिङ सेयर बजारको रोग भएको बताएका छन्  । उनले सामाजिक संजाल (फेसबुक) मा एक स्टाटस लेख्दै  इन्साइडर ट्रेडिङ सेयर बजारको रोग भएको र  यसलाइ निर्मुल पार्न नसके पनि कम गर्न भने सकिने बताएका हुन्  । 

उनको स्टाटस जस्ताको तस्तै:- "इन्साइडर ट्रेडिङ सेयर बजारको रोग हो ।  यसलाइ निर्मुल त गर्न सकिदैन तर कम गर्न भने सकिन्छ । यो लगानीकर्ता वा कम्पनीका संचालक भन्दा पनि नियामकमा भर पर्छ  । बैंकलाई ब्रोकरको काम दिए मात्र इन्साइडर ट्रेडिङ हुन्छ भन्ने धितोपत्र बोर्डका अध्यक्ष अहिले इन्साइडर ट्रेडिङका कारण अन्यायमा परियो भनेर लगानीकर्ताका निवेदन प्रहरी सम्म पुगेपछि अचम्ममा परेका होलान । उनी अझै पनि सेयर बजारमा इन्साइडर ट्रेडिङ हुन्छ भन्ने मान्ने वाला छैनन किनकि बैंकले ब्रोकर लाइसेन्स पाएकै छैन । उनीले प्रहरीलाई फोन गरेर भन्न पनि सक्ने छन, बैंकले ब्रोकर लाइसेन्स नपाए सम्म इन्साइडर ट्रेडिङ हुन्न त्यो फेक निवेदन हो । अनुसन्धान आवश्यक छैन ।"

यसअघि अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडकाे सेयरमा इन्साइडर ट्रेडिङ भएको कुराले चर्चाकाे पाएको थियो ।  कम्पनीकाे सेयरमा इन्साइडर ट्रेडिङ भएको भन्दै लगानीकर्ताहरुले कम्पनीविरूद्ध उजुरी दर्ता समेत गरेका थिए । 

साेही विषयमा थप अध्ययन अनुसन्धान गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (साेबाेन) ले छानबिन समिती गठन गरेकाे थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको