Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार जाेखिमकाे क्षेत्र हाे तर यसरी लगानी गरे हुँदैन तनाव: विश्लेषक भट्टराईको टिप्स

अर्थ संसार

सोमबार, २२ कार्तिक २०७८, १२ : ३२ मा प्रकाशित

सेयर बजारमा लगानी गरेर पैसा कमाउन चाहाने हरेक लगानीकर्ताहरूले एउटा निश्चित योजना बनाउनुपर्ने सेयर विश्लेषक एवम् लेखक रविन्द्र भट्टराईले बताएका छन् ।

अर्थसंसारको कार्यक्रम सेयर सुझावमा कुराकानी गर्दै उनले कति पैसा लगानी गर्ने, कति समयका लागि लगानी गर्ने, कति फाइदा भए बिक्री गर्ने र बजारबाट निस्कने, कति जोखिम लिने जस्ता कुराहरू समेटेर एउटा निश्चित योजना बनाउनुपर्ने बताएका हुन् । यी ४ वटा कुरालाई योजना बनाएर लगानीलाई व्यवस्थित गर्दा सेयर बजारबाट राम्रो पैसा बनाउन सक्ने उनी बताउँछन् ।

हरेक लगानीकर्ताहरूको लक्ष्य र उद्देश्य फरक फरक हुने भएकाले लगानीकर्ताहरूले सोही अनुसारको निर्णय लिनुपर्ने उनको भनाइ छ । धेरै जोखिम लिन चाहाने लगानीकर्ताहरूले कमजोर प्रस्तुती भएका कम्पनीहरूबाट पनि आकर्षक नाफा लिने, कोही लगानीकर्ताहरूले बलिया कम्पनीहरू मात्रै छनोट गरेर लगानी गर्ने, कोही लगानीकर्ताहरू बोनस र हकप्रदमा आधारित भएर लगानी गर्ने, कतिपय लगानीकर्ताहरूले एउटा सेक्टर छानेर सोही समूहमा मात्रै लगानी गर्ने गरेका उनी बताउँछन् । सोही कारण लगानीकर्ताहरूले अरूको सल्लाहको भरमा मात्र हैन आफ्नो उद्देश्य अनुरूप लगानी गर्नुपर्ने उनले बताएका छन् ।

छोटो समयका लागि लगानी गर्दा कम्पनीको वित्तीय अवस्था भन्दा पनि बजारलाई प्राथमिकता दिएर प्राविधिक विश्लेषणमा केन्द्रित रहेर लगानी गर्ने तथा दिर्घकालीन लगानी गर्न चाहाने लगानीकर्ताहरूले भने कम्पनीको वित्तीय अवस्था, नियामक निकायहरूले ल्याउने नीति नियमहरू र अर्थतन्त्रका सूचकाङ्कहरूको राम्ररी अध्ययन गर्नुपर्ने उनको सुझाव छ । 

लगानीकर्ताहरूले सधैँभरी लगानी सँगसँगै तनावलाई पनि व्यवस्थापन गर्दै जानुपर्ने उनी बताउँछन् । जति योजनावद्ध लगानी गरिन्छ त्यती नै तनाव कम हुने उनले बताए । कुनै निश्चित उद्देश्य र लक्ष्य नराखी योजनाबिहीन लगानी गर्दा तनाव झनै बढ्ने उनको तर्क छ । योजनावद्ध लगानी गरी तनाव कम गरेर नाफा कमाउनु उत्तम हुने उनको धारणा छ ।

भिडियो पनि हेर्नुहोस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको