Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबाट मनग्य नाफा कमाउन कला चाहिन्छ : रविन्द्र भट्टराई

अर्थ संसार

शुक्रबार, २१ माघ २०७८, ०७ : २५ मा प्रकाशित

सेयरबाट मनग्य नाफा कमाउन कला चाहिन्छ : रविन्द्र भट्टराई

चर्चित सेयर विश्लेषक डा. रविन्द्र भट्टराईले सेयर बजारबाट मनग्य कमाउने कला चाहिने बताएका छन् । उनले आफ्नो सामाजिक सञ्जालमा सेयर लगानी कलाको बारेमा बोल्दै सेयर बजारबाट नाफा कमाउनु विज्ञान भन्दा पनि कला रहेको बताएका हुन् ।

समान रकम प्राप्त गरेका रामे र श्यामेमध्ये एउटाले दोब्बर बनाउनु र एउटाले त्यही पैसालाई उही समयमा आधा बनाउनु वा सबै सिध्याउनु पैसा व्यवस्थापन सम्बन्धी कला रहेको उनी बताउँछन् ।

उनका अनुसार सेयर बजारमा लगानीकर्ताका आ-आफ्नै कला हुन्छन् ।

उनले लेखेका छन्, "कसैले एउटै कम्पनी र त्यही बजारबाट मनग्ये पैसा कमाउनु र कसैले गुमाउनु कुनै विज्ञान हैन । यो एक प्रकारको कला नै हो । सबैका लागि समान अवसर प्रदान गर्ने सेयर बजारमा कोहिले मनग्ये कमाउनु, कोहिले गुमाउनु, कोहिले सन्तोषजनक अवस्थामा पैसा बनाउनु आफैमा एउटा कला हो । तर त्यहाँ प्रस्तुत हुने कलाकारहरुको प्रस्तुति फरक फरक हुन्छ जसका कारण कोहि निरन्तर राम्रो गरेर त्यसको मजा लिइ रहेका हुन्छन् । कोही राम्रो गरेर बाहिरिन्छन् भने कोही राम्रो गर्न नसकी निरास भएर निस्कन्छन् ।"

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको