Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा नयाँ रेकर्ड, यसै वर्ष २७ सयको बिन्दु छुने अनुमान

अर्थ संसार

सोमबार, ३० चैत्र २०७७, १५ : ४७ मा प्रकाशित

सेयर बजारमा नयाँ रेकर्ड, यसै वर्ष २७ सयको बिन्दु छुने अनुमान

तीन दिनपछि खुलेको सेयर बजारले आज (सोमबार) नयाँ रेकर्ड राखेको छ । सेयर बजारले  हालसम्मको रेकर्ड ब्रेक गरेर अलटाइम हाइ बिन्दुमा पुगेको छ  ।

आज सेयर कारोबार मापक नेप्से परिसूचक १७ दशमलव २० अंकले बढेर २६९१.५५ को बिन्दुमा पुगी रोकिएको छ । सेयर बजार २७ सय बिन्दु नजिक पुगेको हो । सेयर बजार ०.६४ प्रतिशतले बढेको हो ।

यसअघि अघिल्लो मंगलबार मात्रै नेप्से परिसूचक १५ दशमलव ७२ अंकले बढेर २६ सय ७४ दशमलव ४६ को बिन्दुमा पुगी नयाँ रेकर्ड राखेको थियो । दिनहुँजसो नयाँ रेकर्ड कायम गरेको सेयर बजारले लगानीकर्ताको मनोबल उच्च भएको कुरालाई पूष्टि गर्दछ ।

अघिल्लो साताको अन्तिम दिन बिहिबार सेयर बजार झिनो अंकले बढेको थियो । बिहिबार सेयर कारोबार मापक नेप्से परिसूचक २ दशमलव ७४ अंकले बढेर २६ सय ७४ दशमलव ३५ को बिन्दुमा पुगेर रोकिएको थियो । शुक्रबार र शनिबार बजार बन्द रहन्छ । साताको पहिलो दिन आइतबार घोडे जात्राका कारण सार्वजनिक बिदा थियो । जसको कारण सेयर बजार बन्द थियो ।  तीन दिनपछि खुलेको बजारले आज नयाँ रेकर्ड कायम गरेको हो। 

त्यस्तै, सेन्सेटिभ परिसूचक ३ दशमलव ७८ अंकले बढेर ४८० दशमलव २९ पुगेको छ । आज कूल २ सय १६ कम्पनीको सेयर कारोबार भएको छ । कूल २ सय १६ कम्पनीको एक करोड ३६ लाख ३२ हजार ८ सय कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ५० करोड ४७ लाख २१ हजार ७ सय २९ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबारको तुलनामा कारोबार रकम पनि बढेको छ ।

बिहिबार २ सय ७ वटा कम्पनीको एक करोड ३२ लाख ४३ हजार ३ सय ६५ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ४७ करोड ३४ लाख १६ हजार २ सय ७४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सोमबार १३ उपसमूह मध्ये ७ वटा उपसमूहको सेयर बढेको छ भने ६ वटा उपसमूहको सेयरमूल्य घटेको छ । आज बैंकिङ्ग समूहको सेयर ०.९८ प्रतिशतले बढेको छ । त्यसैगरी, विकास बैंक, निर्जीवन बीमा, उत्पादन, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड समूहको सेयरमूल्य बढेको छ ।

यता  होटल र पर्यटन, फाइनान्स,  व्यापार, हाइड्रोपावर,  लगानी र अन्य समूहको सेयरमूल्य घटेको छ ।

यी हुन् सर्वाधिक कारोबार गर्ने  कम्पनीहरु 
सोमबार एनआईसी एशिया बैंक, नबिल बैंक, नेपाल बैंक, ग्रामिण विकास लघुवित्त, अप्पर तामाकोशी हाइड्रोपावर, छिमेक लघुवित्त, निर्धन उत्थान लघुवित्त, चन्द्रागिरी हिल्स लिमिटेड र नेपाल पुनर्बीमा कम्पनीले सर्वाधिक कारोबार गरेका छन्  ।

यी हुन् सर्वाधिक नाफा कमाउने कम्पनीहरु 
बजार बढ्दा एनआईसी एशिया लघुवित्त, महिला लघुवित्त वित्तीय संस्था, छ्याङ्दी हाइड्रोपावर, ज्योति लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैंक, गुँरास लघुवित्त वित्तीय संस्था, एक्सल डेभलपमेन्ट बैंक, साधना लघुवित्त र अजोड इन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले सर्वाधिक कारोबार गरेका छन् ।

यी हुन् सर्वाधिक नाफा गुमाउने कम्पनीहरु  
हरियाली बजारमा आज सान्जेन जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । त्यसैगरी, आज सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश: हिमाल दोलखा हाइड्रोपावर, यूनाइटेड मोदी हाइड्रोपावर, यूनाइटेड इदी-मर्दी आर.वि हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, रिलायन्स फाइनान्स लिमिटेड, सेन्ट्रल फाइनान्स लिमिटेड, चिलिमे हाइड्रोपावर, यूनिभर्सल पावर कम्पनी लिमिटेड र शिव श्री हाइड्रोपावर रहेका छन् ।

 

आजको सेयर तालिका हेर्नुहोस्:-

 

60741bc05a42b.JPG 60741bc38c1f5.JPG 60741bc68f0f4.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको