Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ इतिहास रची सेयर बजारले गर्यो यस वर्षलाई बिदाइ

अर्थ संसार

मंगलबार, ३१ चैत्र २०७७, १५ : ३२ मा प्रकाशित

नयाँ इतिहास रची सेयर बजारले गर्यो यस वर्षलाई बिदाइ

वर्ष २०७७ को अन्तिम आज (मंगलबार) सेयर बजारले नयाँ इतिहास रचेको छ ।  सेयर बजारले २७ सयको बिन्दु पार गरि नयाँ रेकर्ड राखेको छ । 

कोरोना महामारीका कारण लामो समय लकडाउनबाट गुग्रिएको मुलुकमा  सेयर बजारले भने नयाँ इतिहास रच्यो ।  लकडाउनका कारण लामो समय व्यापार, व्यवसाय ठप्प भए । यसले गर्दा समग्र अर्थतन्त्रलाई समेत ठूलो प्रभाव पार्यो ।  अन्य क्षेत्रमा लगानी खुम्चिएपछी सेयर बजारलाई भने यसले राम्रो प्रतिफल दियो । अन्य क्षेत्रमा लगानीको अवसर नहुँदा आम लगानीकर्ताको ध्यान सेयर बजारतर्फ मोडियो । जसले गर्दा सेयर बजारमा नयाँ उछाल देखियो । सेयर बजारले वर्ष २०७७ लाई उत्साहपूर्ण तरिकाले बिदाइ गरेको छ ।

हिजाे मात्र २६९१.५५ विन्दुमा पुगी अलटाइम हाइ रेकर्ड बनाएकाेमा नेप्सेले आज साेही विन्दुलाई ताेडेर अलटाइम नयाँ रेकर्ड बनाएकाे हाे । मंगलबार सेयर बजार २७१४.७९ विन्दुमा पुगेकाे छ । याे हालसम्म कै उच्च विन्दु हाे । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक २३.२३ अंकले बढेर २७१४.७९ विन्दुमा पुगेकाे छ । नेप्से ०.८६ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ५.९९ अंकले बढेर ४८६.२८ मा पुगेको छ ।

कूल २०९ वटा कम्पनीकाे एक कराेड ४६ लाख ९१ हजार ६ सय ४३ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब १४ करोड ३१ लाख ५१ हजार रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये ६ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ७ वटा उपसमूहकाे सेयर घटेकाे छ ।

आज बैंकिङ्ग,  व्यापार,  विकास बैंक, हाइड्रोपावर,फाइनान्स र म्युचुअल फण्ड समूहको सेयरमूल्य बढेको छ । यता निर्जीवन बीमा, होटल र पर्यटन,   लगानी उत्पादन, लघुवित्त, जीवन बीमा र अन्य समूहको सेयरमूल्य घटेको छ ।

त्यसैगरी, मंगलबार काराेबार रकमकाे आधारमा नबिल बैंक लिमिटेडले अग्र स्थान कायम गरेकाे छ । क्रमश: नेपाल बैंक लिमिटेड, एनआइसी एशिया बैंक,  नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल बंगलादेश बैंक,  अपि पावर कम्पनी, कुमारी बैंक, अप्पर तामाकोशी हाइड्रोपावर, ग्लोबल आईएमई बैंक र मेघा बैंकले सर्वाधिक कारोबार गरेका छन्  ।

मंगलबार एनआइसी एशिया लघुवित्तका सेयरधनीहरूले सबैभन्दा धेरै आम्दानी गरेका छन् । माउन्टेन इनर्जी नेपाल, ज्योतिलाइफ इन्स्योरेन्स कम्पनी, सिन्धु विकास बैंक, छ्याङ्दी हाइड्रोपावर, महिला लघुवित्त, लुम्बिनी विकास बैंक, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, अपि पावर कम्पनी र महालक्ष्मी विकास बैंकका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् ।

बढेको बजारमा आज ग्लोवल आइएमइ लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । आज कम्पनीको सेयर मूल्य १ सय १२ रुपैयाँले घटेर २ हजार ५ सय ८ रुपैयाँमा अन्तिम कारोबार भएको हो । 

त्यसैगरी, आज सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश: लक्ष्मी लघुवित्त वित्तीय संस्था, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेड, इन्फिनिटी लघुवित्त वित्तीय संस्था, श्री इन्भेष्टमेण्ट फाइनान्स, गुराँस लघुवित्त वित्तीय संस्था, युनिलिभर नेपाल लिमिटेड, नेशनल हाइड्रोपावर, आशा लघुवित्त वित्तीय संस्था र चन्द्रागिरि हिल्स रहेका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको