Like us!
Follow us!
Connect us!
Watch us!

अविश्वासको प्रस्ताव दर्ता हुने भएपछी,मुख्यमन्त्रीद्धारा गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य

अर्थ संसार

विहीबार, ०२ बैशाख २०७८, १२ : ३८ मा प्रकाशित

अविश्वासको प्रस्ताव दर्ता हुने भएपछी,मुख्यमन्त्रीद्धारा गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य

गण्डकी प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य गरिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले वैशाख १ गते राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका हुन्।

अधिवेशन अन्त्य गरिएको पत्र प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त भएको र बिहान १०ः३५ बजे प्रदेशसभा सचिवालयमा दर्ता भएको सचिव हरिराज पोखरेलले जानकारी दिए।

नेपाली कांग्रेससहितका विपक्षी दलले सरकारका विरूद्ध अविश्वासको प्रस्ताव दर्ताको तयारी गर्न लागेको अवस्थामा चालु अधिवेशन अन्त्य गर्नुलाई राजनीतिक बृत्तमा चासोका साथ हेरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको