Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ वर्षसँगै सेयर बजारमा नयाँ उमंग, कारोबार रकम पनि बढ्यो

अर्थ संसार

विहीबार, ०२ बैशाख २०७८, १५ : १३ मा प्रकाशित

नयाँ वर्षसँगै सेयर बजारमा नयाँ उमंग, कारोबार रकम पनि बढ्यो

नयाँ वर्षसँगै सेयर बजारमा पनि नयाँ उत्साह छाएको छ । नयाँ वर्ष २०७८ पछि पहिलो दिन खुलेको सेयर बजारमा नयाँ उत्साह देखिएको हो ।  २०७७ को अन्तिम दिन नयाँ इतिहास रच्दै बन्द भएको बजारले २०७८ को कारोबार भएको पहिलो दिन नै फेरी रेकर्ड ब्रेक गरेको हो ।  नयाँ वर्षको पहिलो दिन सार्वजनिक बिदाका कारण सेयर बजार पनि बन्द थियो । त्यसैले बजार आज (बिहिबार) बाट खुलेको थियो । 

खुलेको पहिलो घण्टामा नै सेयर बजारमा उत्साह देखिएको थियो । आज नेप्से परिसूचक २०.६७ अंकले  २७३५.४६ विन्दुमा पुगेको छ । बजार बन्द हुँदाको यो बिन्दु हालसम्मकै उच्च हो । वर्ष २०७७ को अन्तिम दिन (मंगलबार) नेप्से परिसूचक २३.२३ अंकले बढेर २७१४.७९ विन्दुमा पुगेर बन्द भएको थियो ।

त्यसैगरी, सेन्सेटिभ परिसूचक ६.१७ अंकले बढेर ४९२.४४ मा पुगेको छ ।  आज कूल २ सय १८ कम्पनीको सेयर कारोबार भएको छ । आज कूल २ सय १८ कम्पनीको सेयर कारोबार हुँदा १ करोड ८८ लाख ७२ हजार ३२५ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ५७ करोड ४६ लाख ६२ हजार ३०९ रुपैयाँ बराबरको कारोबार भएको छ । लामो समयपछि  ८ अर्ब भन्दा माथिको कारोबार भएको हो ।
आज १३ वटा उपसमूहमध्ये ११ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी २ वटा कम्पनीको सेयर घटेको छ । 

आज कारोबार रकमको आधारमा एनआईसी एशिया लघुवित्तले सर्वाधिक कारोबार गरेको छ । त्यसैगरी नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) एनआईसी एशिया बैंक, नेपाल बंगलादेश बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, कुमारी बैंक, हिमालयन डिस्टिलरी लिमिटेड, प्रभु बैंक, मेगा बैंक लिमिटेडले सर्वाधिक कारोबार गरेको छ ।

आज ९ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार  भएको छ । बेष्ट फाइनान्स कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने एनआईसी एशिया लघुवित्त, ज्योति लाइफ इन्स्योरेन्स, महिला लघुवित्त, सिन्धु विकास बैंक लगायत कम्पनिहरुको सेयरमूल्य ९ प्रतिशतभन्दा धेरै बढेको हो । 
 

607807fd29d07.JPG 607807fd30075.JPG 607807fd504e3.JPG 607807fd6e373.JPG 607807fd7c434.JPG 607807fdbf23a.JPG 607807fdd186c.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको