Like us!
Follow us!
Connect us!
Watch us!

बैंकको सेयरमा ओइरिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार गर्ने कम्पनी

अर्थ संसार

विहीबार, ०२ बैशाख २०७८, १५ : ३३ मा प्रकाशित

बैंकको सेयरमा ओइरिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार गर्ने कम्पनी

नयाँ वर्षको पहिलो कारोबार भएको दिन नै सेयर बजारमा नयाँ उत्साह देखिएको छ । आज बिहिबार सेयर बजारले नयाँ रेकर्ड राखेको हो । आज नेप्से परिसूचक २०.६७ अंकले बढेर २७३५.४६ अंकमा पुगी नयाँ रेकर्ड राखेको हो । यस्तै सेन्सेटिभ ६.१७ अंकले बढेर ४९२.४४ अंकमा पुगेको हो । आज कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । नयाँ वर्षको पहिलो दिन बैकको सेयरमा लगानीकर्ता आकर्षित भएका छन् ।

आज कारोबार भएका कूल २१८ कम्पनीको एक करोड ८८ लाख ७२ हजार ३२५ कित्ता सेयर कारोबार हुँदा ८ अर्ब ५७ करोड ४६ लाख ६२ हजार ३०९ रुपैयाँ बराबरको कारोबार भएको छ  ।

आज कारोबार रकमको आधारमा एनआईसी एशिया लघुवित्तले सर्वाधिक कारोबार गरेको छ । संस्थाले ४९ करोड ८९ लाख ४५ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ  । त्यसैगरी नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा), एनआईसी एशिया बैंक, नेपाल बंगलादेश बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, कुमारी बैंक, हिमालयन डिस्टिलरी लिमिटेड, प्रभु बैंक, मेगा बैंक लिमिटेडले सर्वाधिक कारोबार गरेको छ ।

60780ca3b4c02.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको