Like us!
Follow us!
Connect us!
Watch us!

रुरु जलविद्युतको आईपिओ बाँडफाँड : लक्की नम्बर ७ र ८

अर्थ संसार

शुक्रबार, ०३ बैशाख २०७८, ११ : २६ मा प्रकाशित

रुरु जलविद्युतको आईपिओ बाँडफाँड : लक्की नम्बर ७ र ८

रुरु जलविद्युत् परियोजना लिमिटेडले जारी गरेको आईपीओको आज बाँडफाँड सम्पन्न भएको छ । आईपिओ बाँडफाँडको काम सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको केन्द्रिय कार्यालय नक्सालमा  सम्पन्न भएको हो ।

गोलाप्रथाबाट बाँडफाँड हुँदा आईपीओको लक्की नम्बर ७ र ८ रहेको छ । कम्पनीले चैत्र २० गतेदेखि चैत्र २४ गते सम्म निश्कासन गरेको आईपीओमा  १६ लाख ६९ हजार ५ सय ६६ जना आवेदकले २ करोड ३३ लाख ७७ हजार २ सय २० कित्ताका लागि आवेदन परेको छ । यो सर्वसाधारणका लागि निष्कासन गरिएको भन्दा ६१।६५ गुणा बढी हो  ।  
अन्तिम तथ्यांकलाई हेर्दा ग्रोलाप्रथाबाट वितरण गर्दा ३७ हजार ९ सय १६ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्नेछन् भने बाँकी ९८ प्रतिशत भन्दा धेरै अर्थात् १६ लाख ३१ हजार ६४९ जना भन्दा धेरै आवेदकको हात खाली हुनेछ  । 

कम्पनीले सर्वसाधारणका लागि १२० रूपैयाँका दरले ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये, २ प्रतिशत अर्थात् ८ हजार एक सय ५४ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् २० हजार ३ सय ८५ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ७९ हजार एक सय ६७ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको थियो । 

कसरी हेर्ने नतिजा ?

कम्पनीको आइपिओको नजिता सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको धधध।ष्उयचभकगति।अमकअ।अयm।लउ   नामक वेभसाइटबाट  हेर्न सकिनेछ । यसका साथै, निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड र रुरु जलबिद्युत परियोजना लिमिटेडको वेभसाइटबाट पनि  नजिता हेर्न सकिनेछ ।

यसअघि आर्थिक सञ्चार माध्यमहरूले पनि नतिजा प्रकाशन गर्दै आइरहेकामा हालै मात्र सिडिएस एण्ड क्लियरिङ लिमिटेडले लगानीकर्ताहरूको गोपनियतालाई ध्यानमा राख्दै अनलाइन सञ्चार माध्यमहरूले नतिजा प्रकाशन  गर्न नपाउने नियम बनाएको हो ।

दृष्टिविहीन चालिसेको १० वर्षे सेयर बजार यात्रा |बैंक र नेप्से बाधक |Mukunda Chalise|लगानीकर्ताकोआवाज

Bullish trend अझै सुरु भएको छैन l सेयर किन्दा राम्रा कम्पनी छनोट कसरी गर्ने? Samarkshyana Chaudhary

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको