सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) को बाँडफाँड विहीबार विहान ९ बजे हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको केन्द्रिय कार्यालय नक्शालमा हुने भएको हो । गत सोमबार ४ बजे प्रि(अलटमेन्ट सम्पन्न भैसेको छ ।
कम्पनीले वैशाख २ गतेदेखि ६ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३ करोड ९५ लाख ६६ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता कित्ता आईपीओ निष्कासन गरेको थियो ।
जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता सेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।
सीडीएसका अनुसार बैशाख ६ गते अर्थात अन्तिम दिन साँझ ५ बजेसम्म २२ लाख ७७ हजार ७ सय ४३ जना लगानीकर्ताले २ करोड ५६ लाख ८८ हजार ४ सय ५० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि छुट्याइएको भन्दा ६९.५२ गुणा धेरै हो । आईपीओ बाँडफाँडको प्रत्यक्ष प्रशारण अर्थात live अर्थ संसारको पेजबाट हेर्न सक्नुहुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस