Like us!
Follow us!
Connect us!
Watch us!

१२ लाख ४ हजारलाई खालि हात बनाउने,माई खोला हाइड्रोपावरको आइपीओ बाँडफाँट हुदैँ

अर्थ संसार

मंगलबार, १९ बैशाख २०८०, ०८ : ५१ मा प्रकाशित

१२ लाख ४ हजारलाई खालि हात बनाउने,माई खोला हाइड्रोपावरको आइपीओ बाँडफाँट हुदैँ

माई खोला हाइड्रोपावरको आइपीओ आज मंगलबार (वैशाख १९ गते) बाँडफाँट हुने भएको छ । 

बिक्री प्रबन्धक प्रभु क्यापिटलको आफ्नो कार्यालय, कमलादी काठमाडौंमा मंगलबार बिहान ९:३० बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरेको हो। 

माई खोलाको आइपीओमा मागभन्दा ११.६६ गुणा बढी आवेदन परेको छ । गोलाप्रथाबाट हुने आइपीओ बाँडफाँटमा १२ लाख ४ हजार २९७ जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन्। १३ लाख ३१ हजार २३८ जनाले कुल १ करोड ४८ लाख ७ हजार ७५० कित्ताको लागि आवेदन दिएका छन् ।यी मध्य १ लाख २६ हजार ९४१ जनाले मात्र सेयर हात पार्नेछन् । 

 यस कम्पनीको आइपीओ वैशाख ८ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँको दरले खुला गरेको थियो। कम्पनीले कुल १५ लाख २९ हजार ४११ कित्ता सेयरमध्य ७६ हजार ४७१ कित्ता म्युचुअल फन्ड र ३० हजार ५८८ कित्ता सेयर कर्मचारीका लागि र बाँकी रहेको १२ लाख ६९ हजार ४११ कित्ता सेयर सर्वसाधारणलाई खुला गरेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको