Like us!
Follow us!
Connect us!
Watch us!

चार वस्तुको आयातमा लगाइएको कोटा वितरण प्रणाली हटाइयो

अर्थ संसार

शुक्रबार, ०३ बैशाख २०७८, १६ : ४८ मा प्रकाशित

चार वस्तुको आयातमा लगाइएको कोटा वितरण प्रणाली हटाइयो

केराउ, सुपारी, छोकडा र नधुल्याइएको मरिचको आयातमा लगाइएको कोटा वितरण प्रणाली स्थगन भएको छ ।  कोटाभन्दा तीन गुणासम्म माग आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण समितिले कोटा वितरण प्रणाली स्थगित गरेकोे हो ।

सरकारले गत चैत ९ मा केराउ, मरिच, छोकडा र सुपारी आयातमा परिमाणात्मक बन्देज लगाएको थियो । चालू आर्थिक वर्ष २०७७÷७८ का लागि केराउ ८० हजार, सुपारी २५ हजार, छोकडा ५ हजार र नधुल्याएको मरिच १५ हजार मेट्रिकटन आयात गर्न सकिने गरी सरकारले प्रतिबन्ध हटाएको थियो ।    

कोटा प्रणाली लागू भएपछि विभागमा आएका आवेदनको समीक्षा गर्न तत्काल उक्त प्रणाली स्थगित गरिएकोे विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिनुभयो । उहाँका अनुसार विभागले स्थायी रुपमा कोटा प्रणाली बन्द भने गरेको छैन । कोटो प्रणाली खुला भएपछि विभागमा सुपारी आयात गर्न २५० निवेदनबाट चार लाख ७८ हजार ८४६ मेट्रिक टन माग आएको छ । सुपारी आयातमा मागभन्दा १९ गुणा बढीले आवेदन दिएका थिए । 

यसैगरी, केराउ आयात गर्न ३०४ निवेदनबाट एक लाख ७९ हजार ३३, नधुल्याइएको मरिच आयात गर्न २०६ निवेदनबाट एक लाख ६६ हजार ३०३ र छोकडा आयात गर्न १२४ निवेदनबाट ६० हजार ८०४ मेट्रिक टन माग भएको छ । गत वर्षको चैतमा केराउ, मरिच, छोकडा, सुपारी मदिराजस्ता वस्तुको आयातमा तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले पूर्णरुपमा रोक लगाउनुभएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको