Like us!
Follow us!
Connect us!
Watch us!

अरुण भ्यालीको ५२ करोड बराबरको हकप्रद सोमबारबाट, क-कसले दिन पाउँछन् आवेदन ?

अर्थ संसार

आइतबार, ०५ बैशाख २०७८, १३ : ०८ मा प्रकाशित

अरुण भ्यालीको ५२ करोड बराबरको हकप्रद सोमबारबाट, क-कसले दिन पाउँछन् आवेदन ?

अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको ५० प्रतिशत हकप्रद सेयर भोलि (वैशाख ६ गते, सोमबार) देखि निष्कासन तथा  बिक्री खुल्ला हुने भएको छ।

कम्पनीले  १ बराबर शून्य दशमलव ५ को अनुपातमा प्रतिसेयर रू. १०० अंकित दरको ५२ करोड ४१ लाख १९ हजार ७ सय रुपैयाँ बराबरको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर बिक्री खुला गर्न लागेको हो । 

कम्पनीले उक्त हकप्रद निष्कासनको अनुमति माग्दै गत असोज २१ गते नेपाल धितोपत्र बोर्ड(सेबोन)मा निवेदन पेश गरेको थियो । सेबोनले कम्पनीलाई हकप्रद निष्कासन गर्न फागुन २५ गते अनुमति प्रदान गरेको  हो । शतप्रतिशत हकप्रद सेयर विक्रीको लागि अनुमति मागेको कम्पनीलाई बोर्डले पहिलो चरणमा ५० प्रतिशत हकप्रद सेयर विक्री गर्न अनुमति दिएको हो । 

यो हकप्रद शेयर खरिदका लागि बैशाख २६ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले निष्कासन गर्न लागेको यो हकप्रद शेयरलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबर बि प्लस रेटिङ्ग प्रदान गरेको छ । यस रेटिङ्गले कम्पनीको दायित्व बहन गर्ने क्षमता औषत जोखिम रहेको संकेत गर्दछ । 

उक्त सेयरको विक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । हकप्रद प्रयोजनका लागि कम्पनीले चैत ९ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा चैत ८ गतेसम्म कायम सेयरधनीहरु मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको