Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीको सेयर सूचिकृत

अर्थ संसार

आइतबार, ०५ बैशाख २०७८, १६ : ०७ मा प्रकाशित

नेप्सेमा २ कम्पनीको सेयर सूचिकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ कम्पनीको सेयर सूचिकृत भएको छ । आज सोमबार दुई कम्पनीको ६८ लाख ८५ हजार २४५ कित्ता सेयर सूचिकृत भएको हो  । नेप्सेमा साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र गरिमा विकास बैंक लिमिटेडको सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ ।

आइतबार साना किसान लघुवित्तको २५ लाख ५ सय ७३ दशमलव ५६४२ कित्ता बोनस सेयर र १२ हजार ४४२ कित्ता हकप्रद सेयर (अघिल्लो वर्ष) नेप्सेमा सूचिकृत भएको छ ।

त्यस्तै गरिमा विकास बैंकको ४३ लाख ७२ हजार २३० दशमलव ७३ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको