Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकको नाफा ४१.६१ प्रतिशतले बढ्यो, कस्ता छन् अन्य सूचक?

अर्थ संसार

मंगलबार, ०७ बैशाख २०७८, ०७ : ०५ मा प्रकाशित

सिटिजन्स बैंकको नाफा ४१.६१ प्रतिशतले बढ्यो, कस्ता छन् अन्य सूचक?

सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले १ अर्ब ५४ करोड ५३ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा ४१.६१ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले १ अर्ब ९ कराेड १२ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब ५४ करोड ८ लाख २० हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा १३.१९ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले २ अर्ब २४ कराेड ४८ लाख १३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

हालसम्म बैंककाे वितरणयोग्य मुनाफा पनि २२७.५८ प्रतिशतले बढेर १ अर्ब ३४ करोड ६२ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, बैंककाे चुक्ता पूँजी ११ अर्ब ६६ करोड २० लाख रुपैयाँ, जगेडा कोषमा ५ अर्ब ४६ करोड ६० लाख रुपैयाँ, प्रतिशेयर आम्दानी २० रुपैयाँ ७२ पैसा र प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ ८७ पैसा रहेकाे छ । 

बैंक​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

607e2fc3c0535.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको