Like us!
Follow us!
Connect us!
Watch us!

त्रिवि क्रिकेट मैदानमा दर्शकलाई निषेध

अर्थ संसार

मंगलबार, ०७ बैशाख २०७८, ११ : ०४ मा प्रकाशित

त्रिवि क्रिकेट मैदानमा दर्शकलाई निषेध

त्रिदेशीय क्रिकेट सिरिजमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको छ । टी–२० क्रिकेट सिरिजका बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको नेपाल क्रिकेट सङ्घ ९क्यान०ले जनाएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आजदेखि सञ्चालन हुने बाँकी खेलमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिनुभयो । क्यानले विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को बैठकले सार्वजनिक कार्यक्रममा २५ जनाभन्दा बढी जम्मा हुन नपाउने निर्णय गरेकाले त्रिदेशीय टी–२० क्रिकेटको बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको जनाएको छ । यस निर्णयसँगै नेपाली क्रिकेट समर्थकलाई परेको असुविधाप्रति क्यानले क्षमा मागेको छ ।

यसअघिका खेलमा भने दर्शकले शुल्क तिरेर खेल हेर्न अनुमति पाएका थिए । सिरिजअन्तर्गत आज नेपालले नेदरल्याण्डविरुद्ध खेल्दैछ । यसअघि नेपालले नेदरल्याण्डलाई पहिलो खेलमा नौ विकेटले पराजित गरेको थियो । नेपाल उपाधि होडमा बलियो अवस्थामा छ ।

हालसम्मको खेल प्रदर्शनका आधारमा नेपाल तीन देश सम्मिलित सिरिजको शीर्षस्थानमा छ । नेपालले आफ्नो दुवै खेल जित्दै चार अङ्क जोडेको छ । नेदरल्याण्डले दुईमध्ये एक खेलमा जित तथा एकमा हारका साथ दुई अङ्क जोड्दै दोस्रो स्थानमा छ । यस्तै मलेशिया आफ्ना दुवै खेलमा पराजित हुँदै लिगको पुछारमा छ । नेपाल र नेदरल्याण्डविरुद्धको आजको खेल दिउँसो सवा १ बजे हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको