अर्थ संसार,
काठमाडौं– विश्वका प्रगतिशील एवंम समाजवादी बिचार पक्षधर श्रमिकहरुको अन्तर्राष्ट्रिय केन्द्र विश्व ट्रेड युनियन माहासंघ ( डब्लु एफ टी यु ) नेपाल र भुटानको संयोजकको रुपका नेपालको तर्फबाट पेशागत माहासंघ नेपालका बरिष्ठ उपाध्याक्ष प्रेमल कुमार खनाल चयन हुनुभएको छ ।
उक्त महासंघ क्यूवाको राजधानी हवानामा गत ३ र ४ गते सम्पन्न प्रेसिडेन्सियल काउन्सिलको प्रथम बैठकले उक्त निर्णय गरेको हो ।
विश्व ट्रेड युनियन महासंघमा नेपालको तर्फवाट पेशागत माहासंघ नेपाल, राष्ट्रिय कर्मचारी माहासंघ, नेपाल ट्रेड युनियन थेटरेशन, नेपाल प्रगतिशील ट्रेड युनियन माहासंघ, समावेसी ट्रेड युनियन महासंघ, राष्टिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ नेपाल र अखिल नेपाल ट्रेड युनियन माहासंघ गरी जम्मा ८ ओटा ट्रेड युनियन माहासंघहरु आबद्घ रहेका छन् ।
विश्व ट्रेड युनियन महासंघको स्थापना सन १९४५ अक्टुबर ३ मा स्थापना भएको हो । यस महासंघमा विश्वका १ सय २० देशका ९ करोड २० लाख श्रमिकहरु आबद्घ रहेका छन् ।
उक्त महासंघको गत अक्टुबरमा साउथ अफ्रिकाको डरवानामा सम्पन्न १७ औँ माहाधिबेशनबाट खनाल प्रेसिडेन्सियल काउन्सिलको सदस्यमा निर्वाचित हुनुभएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस