Like us!
Follow us!
Connect us!
Watch us!

२ दिन भारी अंकले घटेको सेयर बजारमा सामान्य सुधार, विश्लेषक भन्छन्, बजार परिपक्क बन्दैछ

अर्थ संसार

मंगलबार, ०७ बैशाख २०७८, १५ : २८ मा प्रकाशित

२ दिन भारी अंकले घटेको सेयर बजारमा सामान्य सुधार, विश्लेषक भन्छन्, बजार परिपक्क बन्दैछ

आज (मंगलबार) सेयर बजार सामान्य अंकले बढेको छ  । आइतबार र सोमबार निरन्तर ओरालो लागेको सेयर बजारमा मंगलबार सामान्य सुधार देखिएको हो  । आज सेयर कारोबार मापक नेप्से परिसूचक २.६८ अंकले बढेर २६६४.६१ को बिन्दुमा पुगेको छ  । 

सोमबार नेप्से परिसूचक ३७.५८ अंकले घटेर २६६१.९३ को बिन्दुमा पुगेको थियो । यस्तै आइतबार पनि नेप्से परिसूचक ३५.८९ अंकले घटेको  घटेर २६९९.५१ को बिन्दुमा पुगी रोकिएको थियो । २ दिनसम्म भारी अंकले घटेको सेयर बजारमा मंगलबार थोरै सुधार देखिएको हो ।

आज कारोबार रकममा भने गिरावट आएको छ । मंगलबार कूल २ सय १६ कम्पनीको एक करोड २३ लाख ६९ हजार ५०१ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ५३ करोड ८६ लाख १७ हजार ६४० रुपैयाँ बराबरको कारोबार भएको छ । हिजो बजार दोहोरो अंकले घट्दा ६ अर्ब ७१ करोड २१ लाख ७१ हजार २९६ रुपैयाँ बराबरको कारोबार भएको  थियो ।

सेयर बजार विश्लेषक एवं नेपाल इन्भेष्टर फोरमका उपाध्यक्ष तुलसीराम ढकालले विगत दुई दिनको नेप्सेको करेक्सन नयाँ बिन्दु चुम्नका लागि तयारीका रुपमा बुझ्नुपर्ने बताउँछन् ।
अहिले नेपालको बजारले जस्तो ट्रेन्ड देखाईरहेको छ, त्यो बजारका लागि एकदमै सकारात्मक रहेको ढकालको विश्लेषण छ । जब बजारमा केहि करेक्सन देखिन्छ त्यसपछी मात्र बजार उच्च अंकले बढ्ने देखिएको भन्दै उनले यसलाई बजारको परिपक्कताका रुपमा बुझ्नुपर्ने उनको तर्क छ।  सगरमाथा चढ्नका लागि पनि उकालो आरालो यात्रा गर्नुपर्ने भन्दै ढकालले नेप्सेले पनि अहिले उच्च बिन्दुको यात्रा तय गर्नका लागि पुर्वतयारी गरिरहेको बताउँछन् ।

कूल १३ उपसमूहमध्ये ९ वटा उपसमूहमा हरियाली छाएको छ भने बाँकी ४ कम्पनीको सेयर घटेर राताम्य बनेको छ । 

त्यस्तै, कारोबार रकमको आधारमा नागरिक लगानी कोषले सर्वाधिक कारोबार गरेको छ । कम्पनीले २१ करोड ४२ लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । कम्पनीको सेयर प्रतिकित्ता ३ हजार ९ सय ५३ रुपैयाँमा कारोबार भएको छ । 

आज २ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । आज महिला लघुवित्त वित्तीय संस्था र युनाइटेड इदी -मर्दी हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको हो  । त्यस्तै अन्य २ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।  त्यस्तै समृद्धि फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको