Like us!
Follow us!
Connect us!
Watch us!

झोलुङ्गे पुल तरेको २० रुपैयाँ कर !

अर्थ संसार

बुधबार, ०८ बैशाख २०७८, ११ : ४४ मा प्रकाशित

झोलुङ्गे पुल तरेको २० रुपैयाँ कर !

संघीय  सरकारद्वारा हालै निर्माण सम्पन्न भएपछि सञ्चालनमा आएको बागलुङ–पर्वत जोड्ने बाङ्गेचौर–अदुवाबारी झोलुङ्गे (५६७ मिटर लामो) पुलमा तरेपछि २० रुपैयाँ कर तिर्नुपर्ने भएको छ । सो पुल विश्वकै लामो दावी गरिँदै आएको छ ।

बागलुङ नगरपालिकाले पूर्वाधार कर भनी मङ्गलबारदेखि कर सङ्कलन शुरु गरेको छ । प्रतिव्यक्ति  २० रुपैयाँ कर लिने कामको सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।

अबदेखि पुलमार्फत ओहरदोहर गर्नेले प्रतिव्यक्ति २० रुपैयाँ कर बुझाउनुपर्ने हुन्छ । नगरपालिकाका प्रमुख जनकराज पौडेलले पुलकै पूर्वाधारमा खर्च गर्न कर सङ्कलन गर्ने निर्णयमा पुगेको र यो निर्णयमाथि पुनःविचार गरिने बताए ।

बागलुङ–पर्वत जिल्लाबासीलाई भने कर नलाग्ने नगरपालिकाले जनाएको छ । नगर प्रमुख पौडेलका अनुसार ज्येष्ठ नागरिक, अपाङ्गता भएका र विद्यार्थीलाई भने  १० रुपैयाँ  कर लाग्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको