Like us!
Follow us!
Connect us!
Watch us!

अरुण नदीको बेलिब्रिज भाँचियो, तीन ट्रक बीच पुलमै फसे

अर्थ संसार

आइतबार, ०१ फागुन २०७८, ०७ : ०० मा प्रकाशित

अरुण नदीको बेलिब्रिज भाँचियो, तीन ट्रक बीच पुलमै फसे

संखुवासभाको मकालु गाउँपालिका-५ र १ जोड्ने बेलिब्रिज भाँचिएको छ । मकालु-५ को नुम र वडा नम्बर-१ वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो । शनिबार दिउँसो निर्माण सामग्री बाकेको लोवेट तार्ने क्रममा बेलिब्रिज भाँचिएको मकालु गाउँपालिका-५ का कार्यपालिका सदस्य पुरन याम्फुले जानकारी दिए । 

निर्माणाधीन इप्सुवा हाइड्रो पावर कम्पनीको निर्माण सामाग्री लिएर गएको तीन वटा लोवेट ट्रक पुल भाँची पछि अरुण नदीमा खसेको कार्यपालिका सदस्य याम्फुले बताए ।  ट्रकमा सवार चालक र सहचालक भने सकुलनै रहेको छन् ।  

अरुण नदीको बेलिब्रिज भाँचिएपछि आवतजावत ठप्प भएको छ । पुलको भन्दा बढी क्षमताभन्दा सामाग्री बोकेर एकै पटक तीन बटा ट्रक तर्ने क्रममा फुल भाँचिएको कार्यपालिका सदस्य याम्फुले बताए । तीन वटै लोवेट ट्रक हाइड्रो पावरको निर्माण सामाग्री लिएर वालुङतर्फ गएका थिए ।  दुई वटा रड र एउटामा आयोजनाको ट्रनेलको पाइप लिएर ट्रकहरू आयोजना स्थल गएका थिए । 

पुलको मध्यभाग भाँचिएपछि पुलमा रहेका तीन वटै ट्रक नदीको बीचमा पुलमा अल्झिएको अवस्थामा रहेको उनको भनाइ छ  । चालक र सहचालकलाई भने स्थानीय उद्धार गरेका छन् । २०७५ सालमा इप्सुवा हाइड्रोपावरले अरुण नदीमा निर्माण सामाग्री लैजान बेलिब्रिज निर्माण गरेको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको