Like us!
Follow us!
Connect us!
Watch us!

दुई ठाउँमा निर्माणाधीन पुल भत्कियो

पत्रपत्रिका

मंगलबार, २२ चैत्र २०७८, ०६ : ३१ मा प्रकाशित

दुई ठाउँमा निर्माणाधीन पुल भत्कियो

दुई बेग्लाबेग्लै स्थानमा निर्माणाधीन पुल भत्किएका छन् । कालीगण्डकी नदीमा निर्माणाधीन पक्की पुलको बिम खस्दा कामदार घाइते भएका छन् । साथै निर्माण कार्य अवरुद्ध भएको छ।

त्यस्तै सिन्धुली सदरमुकाम हुँदै बग्ने ग्वाङ खोलामा गए राति आएको बाढीले पक्की पुल ढलानका लागि तयार पारिएको संरचना बगाएको  छ। स्याङ्जा समाचारदाता अर्जुन काफ्लेका अनुसार, क्रेनको सहायताले फलामे बिम उठाउने क्रममा बिमसहित कामदार भुइँमा खसेका थिए । सो घटनामा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार, चापाकोट नगरपालिका ८ कालीगण्डकी नदीमा सो घटना भएको हो । सो पुलले दामाचौर र पाल्पाको रामपुरवासीलाई जोड्ने  गरी निर्माण हुँदै गरेको हो । 

घटनामा बाराका २२ वर्षीय रामनिवास कुमार पटेल, बिहारका २५ वर्षीय धनन्जय ठाकुर गम्भीर घाइते भएका छन् । छाती र टाउकोमा गम्भीर चोट लागेका दुवै जनाको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको जनाइएको छ। अन्य घाइतेमा रौतहटका प्रेम धन पटेल, हरिहरपुरका जितेन्द्र पटेल, भारतका सुजित कुमार यादव, रघुनाथ राव, अनुप कुमार राव र गोरखाका सिर्जन परियार रहेका छन् । गाेरखापत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको