Like us!
Follow us!
Connect us!
Watch us!

दोहोरो अंकले घटेको सेयर बजारमा निफ्राको सर्वाधिक कारोबार

अर्थ संसार

बुधबार, ०८ बैशाख २०७८, १५ : २५ मा प्रकाशित

दोहोरो अंकले घटेको सेयर बजारमा निफ्राको सर्वाधिक कारोबार

आज (बुधबार) सेयर बजारले पुन: ओरालो यात्रा तय गरेको छ । आज सेयर बजारमा दोहोर अंकको गिरावट आएको हो । आज सेयर कारोबार मापक नेप्से परिसूचक ३२.४१ अंकले घटेर २६३२.२० को बिन्दुमा पुगेर रोकिएको हो । आज नेप्से परिसूचक १.२२ प्रतिशले घटेको हो ।

आइतबार र सोमबार लगातार गिरावट आएको सेयर बजारमा मंगलबार थोरै सुधार आएको थियो । लगानीकर्तामा थोरै उत्साह देखिए पनि आज फेरी गिरावट आएको छ ।

यस्तै आज सेन्सेटिभ परिसूचक ६.२१ अंकले घटेर ४७३.३९ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।  आज कूल २१४ कम्पनीको सेयर कारोबार भएको छ । कूल दुई सय १४ कम्पनीको एक करोड ३७ लाख ४४ हजार २९ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ७५ करोड २३ लाख ८९ हजार ४७४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
कूल १३ वटा उपसमूहमध्ये एउटा मात्र उपसमूहको सेयर बढेको छ भने बाँकी १२ वटा उपसमूहको सेयर घटेको छ । आज म्युचुअल फण्ड समुहको मात्र सेयर बढेको हो ।

यी हुन् आज सर्वाधिक कारोबार गर्ने कम्पनी 

आज कारोबार रकमको आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड अग्र स्थानमा रहेको छ । बैंकले २५ करोड ३९ लाख ७ हजार रुपैयाँ बराबरको कारोबार गरेको हो । कम्पनीको सेयर प्रतिकित्ता ५७२ रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी हिमाल दोलखा हाइड्रोपावर, नागरिक लगानी कोष, मञ्जुश्री फाइनान्स, अपि पावर कम्पनी, नबिल बैंक, एनआईसी एशिया लघुवित्त, अप्पर तामाकोशी हाइड्रोपावर, एनआईसी एशिया बैंक र अरुण कावेली पावरले सबैभन्दा धेरै कारोबार गरेका छन् । 

यी हुन् आज सर्वाधिक नाफा कमाउने १० कम्पनी 

आज ४ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ ।  आज ज्योति लाइफ इन्स्योरेन्स, महिला लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक र हिमाल दोलखा हाइड्रोपावरको सेयरमूल्य ९ प्रतिशत भन्दा धेरै प्रतिशतले बढेको छ  । त्यस्तै, यूनियन हाइड्रोपावर, जनउत्थान सामुदायिक लघुवित्त, अपि पावर, छ्यांदी हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर र हिमालय उर्जा विकासका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन्  । 

यी हुन् सबैभन्दा धेरै घाटा व्यहोर्ने १० कम्पनी 

दोहोरो अंकले घटेको बजारमा आज लिर्वटी ईनर्जी कम्पनी लिमिटेडका लगानीकार्ताले सबैभन्दा धेरै गुमाएका छन् । आज कम्पनीको सेयर मूल्य १८ रुपैयाँले घटेर ३ सय ३० रुपैयाँमा अन्तिम कारोबार भएको हो ।  
त्यसैगरी, आज सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश: हिमालयन पावर पार्टनर, नारायणी डेभलपमेण्ट बैंक, आइ.सि.एफ.सि फाइनान्स, पाँचथर पावर कम्पनी, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था, नेपाल हाइड्रो डेभलपर्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेड, गरिमा विकास बैंक र कामना सेवा विकास बैंक रहेका छन् ।  

आजको सेयर तालिका हेर्नुहोस् :- 

 

607ff48ac3e48.jpg 607ff48de3b4a.JPG 607ff4911996e.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको