Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो छ आजको मौसम, यी स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित वर्षा हुने

अर्थ संसार

विहीबार, ०९ बैशाख २०७८, ०९ : ५६ मा प्रकाशित

यस्तो छ आजको मौसम, यी स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित वर्षा हुने

मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशका विभिन्न स्थानमा मेघगर्जन/चट्टयाङ्ग तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ । 

महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ । प्रदेश २, बागमती प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र  सुदुर पश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली र अन्य प्रदेशहरुमा आशिक देखि सामान्य बदली रहेको छ ।

त्यसैगरी, दिउँसो देशभर आँशिक देखि सामान्य बदली रही  सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश  र बागमती प्रदेशका केही स्थानहरु तथा अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

त्यस्तै, राती देशभर पहाडी भू-भागहरुमा आँशिक देखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको