बजार खुलेको १५ मिनेटमै बिशाल बजार कम्पनी लिमिटेड (बीबीसी) को सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बजार खुलेको १५ मिनेटमै कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको हो । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर ३ हजार १६८ कायम भएको छ ।
यस्तै, ज्योति लाइफ इन्स्योरेन्सको सेयर पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीको सेयरमूल्य ९.८९ प्रतिशतले बढेको छ । यो समाचार तयार पार्दासम्म सेयर बजार १८.१८ अंकले घटेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस