Like us!
Follow us!
Connect us!
Watch us!

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा कोरोना बीमा दाबी भुक्तानी रकम हस्तान्तरण

अर्थ संसार

सोमबार, १३ बैशाख २०७८, १५ : ५९ मा प्रकाशित

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा कोरोना बीमा दाबी भुक्तानी रकम हस्तान्तरण

सिटी एक्सप्रेसले मापदण्ड पुगेका ८ जना कोरोना पीडित अभिकर्ताहरुलाई कोरोना बीमाको  दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ ।

एक्सप्रेसले साई बाबा रेमिट् चाबहिलका हरी कुमार श्रेष्ठ, अन्लाईन सब् रेमिट् काठमाडौंका दीपेन्द्र ढकाल, आनन्द मनी ट्रान्सफर झापाका आनन्द थापा, डेस्टिनेशन डेलिभरी सर्भिस कास्कीका लीला भट्टराई, मध्यबिन्दु ट्रेड् सेन्टर नवलपुरका गोपाल सिर्पाली, कलश मनी ट्रान्स्फर सुन्सरीका कुल बहादुर भारती, जिमिरेभर मनी नेट्वर्क परासीका शेर बहादुर गुरुङ र  हीरा इन्टप्र्राइजेज नवलपुरका कृष्ण गिरी गरी ८ जाना लाई दाबी भुक्तानी रकम जनही रु ५०,००० को चेक हस्तान्तरण गरेको गरेको हो ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले विश्वव्यापी फैलिरहेको महामारी कोभिड – १९ विरुद्घ आफ्ना अभिकर्ताहरुको बीमा गराएको थियो । नेपाल राष्ट्र बैंकको निर्देशन पालना गर्दै विषम परिस्थितीमा पनि आफ्नो सेवा प्रदान गर्दै आएकोमा उच्च मुल्यांकन गर्दै सेवामा थप उत्साह र उच्च मनोबलका साथ हौसला प्रदान गर्नको लागी सिटी एक्सप्रेस मनी ट्रान्सफरले अभिकर्ताहरुको बीमा गराएको थियो । जस अनुरूप मापदण्ड पुगेका ८ जना कोरोना पीडित अभिकर्ताहरुलाई, कोरोना बीमाको  दाबी भुक्तानी रकम प्रदान गरेको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको