Like us!
Follow us!
Connect us!
Watch us!

सेना र प्रहरीको अस्पतालमा नागरिकको उपचार हुने

विहीबार, ०४ जेठ २०७४, १३ : ४४ मा प्रकाशित

सेना र प्रहरीको अस्पतालमा नागरिकको उपचार हुने

अर्थ संसार 
काठमाडौँ– सरकारले नेपाली सेना र नेपाल प्रहरीको अस्पतालमा समेत आम नागरिकले उपचार सेवा पाउने भएका छन् । मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकपछि निर्णयबारे जानकारी दिदै सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले भने ‘अब नेपाली सेना र प्रहरीको अस्पतालमा समेत आम नागरिकको उपचार हुन्छ, त्यसको आवश्यक प्रक्रिया भने स्वास्थ्य मन्त्रालयले मिलाउनेछ’’सेनाको छाउनीमा अस्पताल रहेको छ भने प्रहरीको महाराजगन्जमा अस्पताल रहेको छ ।

ती दुवै निकायमा अब आम नागरिकले सहज रुपमा उपचार गर्न पाउने र फौजी र गैर फौजीबीच विभेद नगरिने निर्णय भएको छ । यसअघि ती दुवै अस्पतालमा आम नागरिकले उपचार गर्ने सुविधा थिएन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको