Like us!
Follow us!
Connect us!
Watch us!

पुग्ने भयो हिमालपारीको जिल्ला मनाङमा केन्द्रीय प्रसारण लाइन

विहीबार, ०४ जेठ २०७४, १६ : २२ मा प्रकाशित

पुग्ने भयो हिमालपारीको जिल्ला मनाङमा केन्द्रीय प्रसारण लाइन

अर्थ संसार, 
लमजुङ – लघु जलविद्युत् मात्र रहेको हिमालीपारिको जिल्ला मनाङमा राष्ट्रिय प्रसारण लाइन निर्माण कार्य तीव्र गतिमा भइरहेको छ ।

जिल्लाका सबै स्थानमा राष्ट्रिय प्रसारण लाइन पुर्याउने लक्ष्यका साथ ३३ केभी विद्युतीय लाइन विस्तार गरिएको हो ।

दुई बर्षभित्र मनाङका सबै क्षेत्रमा राष्ट्रिय विद्युत् प्रसारणबाट सेवा उपलब्ध गराउने उद्देश्यका साथ काम भइरहेको नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले जानकारी दिए ।

उनका अनुसार अहिले ३३ केभी लाइन विस्तारको काम तीव्र गतिमा अघि बढिरहेको छ ।
विद्युतीकरणका लागि लमजुङको उदिपुर–मनाङ ३३ केभी विद्युतीकरण निर्माण आयोजनाले काम गरिरहेको छ ।

 प्राधिकरणका अनुसार मनाङको थानचोकमा ३३-११ केभी को शवस्टेसनको निर्माण गरी मनाङलाई केन्द्रीय प्रसारण लाइनमा जोड्ने तयारी भइरहेको छ ।

३३ केभी लाइनको निर्माण एक वर्षमा सकेर आगामी वर्ष शवस्टेसनका निर्माण कार्य गरिने न्यौपानेले बताए ।

मनाङमा ८० किलोवाटको सब्जे खोला र ६० किलोवाटको चामे लघुजलविद्युत् आयोजना साथै जिल्लाको मनाङ, पिसाङ, धारापानी, ताललगायतका क्षेत्रका स्थानीयले समुदायमा आधारित लघुजलविद्युत् आयोजनाको निर्माण गरी विद्युतीय सेवा उपभोग गर्दै आइरहेका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको