सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको साधरण सेयर (आईपीओ) मा आवेदन दिने अन्तिम दिन आज (वैशाख २१, गते) सम्म रहेको छ ।
कम्पनीले वैशाख १७ गते शुक्रबारदेखि १०० रुपैयाँ अंकित दरका कूल २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरिरहेको छ । 
आईपीओको कूल कित्तामध्ये २ प्रतिशतले हुन आउने ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि, ५ प्रतिशतले हुन आउने १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २३ लाख ४१ हजार ९५४ कित्तामा सर्वसाधारणको लागि छुट्याइएको छ । 
उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा २५ लाख १८ हजार २३० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछ। 
उक्त आईपीओ सर्वसाधारणमा निष्काशन गर्न बिक्री प्रबन्धकको काम  सनराइज क्यापिटल लिमिटेडले गर्नेछ ।
आईपीओमा लगानीकर्ताहरूकाे लर्काे 
कम्पनीको  आईपीओमा आवेदन दिने लगानीकर्ताहरूकाे लर्काे लागिरहेकाे छ । साेमबार साँझ ४ः४५ बजेसम्ममा १४ लाख ९४ हजार ७ सय ७० जना आवेदकले २ करोड २९ लाख ९४ हजार ६ सय कित्ताका लागि आवेदन दिएका सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जानकारी दिएकाे छ । याे सर्वसाधारणका लागि निष्कासन गरिएकाे २३ लाख ४१ हजार ९ सय ५४  कित्ता भन्दा ९.८२ गुणा बढी आवेदन हो ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस