Like us!
Follow us!
Connect us!
Watch us!

सूर्यविनायक –७ मा एमाले विजयी

शनिबार, ०६ जेठ २०७४, ०९ : ०६ मा प्रकाशित

सूर्यविनायक –७ मा एमाले विजयी

अर्थ संसार 

भक्तपुर- सूर्यविनायक नगरपालिका–७ मा नेकपा (एमाले) का उम्मेदवारको समूह नै विजयी भएको छ । 
वडा नं ७ मा वडाध्यक्षसहित सदस्यमा एमालेका रवीन्द्र सापकोटाको पूरै समूह विजयी भएको हो ।

वडाध्यक्षमा एमालेका सापकोटाले एक हजार पाँच सय ३४ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका कृष्णभक्त खत्रीले सात सय ६९ र राप्रपाका धर्मराज थापाले ३३७ मत प्राप्त गर्नुभएको छ । 

त्यस्तै महिला वडा सदस्यमा सरिता कुँवर, दलित महिला सदस्यमा लक्ष्मी परियार तथा खुला सदस्यद्वयमा कृष्णजित माकजु र अर्जुन खतिवडा विजयी हुनुभएको छ । 

आज बिहानसम्ममा सूर्यविनायक नगरपालिका प्रमुखमा काँग्रेसका विष्णुराज कार्की आठ हजार एक सय ७६ र उपप्रमुखमा एमालेकी जुना बस्नेत आठ हजार नौ सय १७ मतले अग्रस्थानमा हुनुहुन्छ । प्रमुखमा एमालेका उम्मेदवार वासुदेव थापाले सात हजार नौ सय ७५ र उपप्रमुखमा काँग्रेसकी कल्पना राजथलाले छ हजार नौ सय १७ मत ल्याउनुभएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको