नेपालमा कोरोना संक्रमणको ग्राफले दिनहुँ नयाँ रेकर्ड राखिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर ९ हजार १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९ सय ८७ जनाको पीसीआर परीक्षणमा ९ हजार २३ जना  र ४ सय ९५ एन्टिजेन परीक्षणमा १ सय ७३ जना गरी ९ हजार १ सय ९६ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ५० संक्रमितको मृत्यू भएको छ । त्यसैगरी, शुक्रबार २ हजार ९ सय ५ जना संक्रमण मुक्त भएका छन् ।  हाल क्वारेन्टाइनमा ३सय ८० जना रहेका छन् ।  
बिहिबार ९ हजार ७० जना संक्रमित थपिएका थिए भने ५४ जनाको मृत्यु भएको थियो ।
                                                                                                                    
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस