Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना  बीमाको दाबी भुक्तानी सुचारु : अर्थ मन्त्रालयले गर्यो बिमा समितिलाई एक अर्ब निकासा

अर्थ संसार

सोमबार, २४ असोज २०७९, ०७ : ४१ मा प्रकाशित

कोरोना  बीमाको दाबी भुक्तानी सुचारु : अर्थ मन्त्रालयले गर्यो बिमा समितिलाई एक अर्ब निकासा

लामो  समयदेखि  अन्योलमा  रहेको  कोरोना  बीमाको दाबी भुक्तानी सुचारु हुने भएको छ ।  अर्थ मन्त्रालयले  कोरोना  बीमा  दाबी  भुक्तानीका  लागि  निकासा  गरेको  एक  अर्ब  रुपियाँ  बीमा  समितिको  खातामा जम्मा भएको बीमा समितिले जनाएको छ ।समितिका  प्रवक्ता  तथा  कार्यकारी  निर्देशक  राजुरमण पौडेलले रकम समितिको खातामा आएको बताउँदै प्राप्त रकम कसलाई र कसरी वितरण गर्ने भन्नेबारेमा छलफल हुन बाँकी रहेको बताउनुभयो । कोरोना बीमाको दाबी रकम पहिलो चरणमा कसलाई कसरी  वितरण  गर्ने  भन्नेबारेमा  सोमबार  अर्थ  मन्त्रालयमा  बीमा  समिति,  बीमा  कम्पनी  र  अर्थ  मन्त्रालयबीच छलफलपछि मात्रै समितिले निर्णय गर्ने उहाँको भनाइ थियो ।

भुक्तानी गर्न बाँकी

११ अर्बकोरोना बीमा गर्नेको सङ्ख्या १७ लाख ५८ हजार ३४३ रहेको छ भने बीमालेखबाटै एक अर्ब पाँच करोड पाँच लाख बीमाशुल्क सङ्कलन भएको थियो । यीमध्ये एक लाख ६५ हजार ५५९ जनाको १५ अर्ब ८२ करोड २१ लाख ७१ हजार ५५४ रुपियाँ बराबरको दाबी परेको थियो । त्यसमध्ये चार अर्ब ७८ करोड ८१ लाख रुपियाँ भुक्तानी भइसकेको छ । सरकारका तर्फबाट तिर्न बाँकी १० अर्ब ५२ करोड रुपियाँ छ । बीमालेखबाट उठेको शुल्कभन्दा तिर्नुपर्ने दायित्व भने १० गुणा बढी छ । सरकारले तिर्नुपर्ने दायित्व ११ अर्ब रुपियाँ पुगेको हो ।कोरोना    बीमा    मापदण्डअनुसार    बीमा    कम्पनीहरूले  एक  अर्ब  रुपियाँसम्मको  दायित्व,  सोभन्दा बढी रकमको दायित्व एक अर्ब रुपियाँसम्म नेपाल पुनर्बीमा कम्पनीले भुक्तानी गर्नुपर्नेछ ।यस्तै  दुई  अर्ब  रुपियाँभन्दा  बढी  दाबी  परेमा ५० करोड रुपियाँ बीमा कम्पनीहरूको महाविपत्ति जगेडाबाट भुक्तानी हुने व्यवस्था मापदण्डले गरेको थियो । त्यसभन्दा पनि माथिको दायित्व परेमा एक अर्ब रुपियाँसम्म समितिले भुक्तानी गर्ने सहमति भएको थियो । त्यस्तै तीन अर्ब ५० करोडभन्दा माथि दाबी परेमा नेपाल सरकारले दायित्व भुक्तानी गर्ने व्यवस्था निर्देशिकामा उल्लेख छ । लामो समयसम्म कोरोना बीमा दाबी भुक्तानी नहुँदा समग्र बीमा व्यवसायप्रति नै सर्वसाधारणमा नकरात्मक सन्देश जान थालेको थियो ।बीमालेख र बीमा समितिकै सर्कुलरमा उल्लेख भएबमोजिम हजारौँ बीमितले दाबी भुक्तानी नपाउँदा यसको असर बीमा व्यवसायमा देखिन थालेको थियो ।

यो समाचार आजको गोरखापत्रमा छ 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको