Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण

अर्थ संसार

विहीबार, ०३ साउन २०८१, ०७ : ४० मा प्रकाशित

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण

अमेरिकी राष्ट्रपति जो बाइडेनमा कोरोना संक्रमण देखिएको छ । लस भेगासमा युनिडोस सम्मेलनमा भाषण गर्नु अघि उनको कोविडको लागि परीक्षण गरिएको थियो, जसमा उनी संक्रमित भेटिए ।

ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेले यसबारे जानकारी दिएकी हुन् । उनले अमेरिकी राष्ट्रपतिलाई कोभिड विरुद्धको खोप लगाइएको बताएकी छन् । बाइडेनलाई कोरोना संक्रमणको हल्का लक्षण देखिएको छ । अब उनलाई डेलावेयरमा आइसोलेसनमा राखिने बताइएको छ ।

राष्ट्रपतिलाई प्याक्सलोभिडको पहिलो डोज दिइएको ह्वाइटहाउसले बताएको छ ।  अमेरिकामा चुनावी गतिविधि चर्की रहेको बेला बाइडेन कोरोना संक्रमित भएपछि उनको चुनावी अभियान प्रभावित हुने भएको छ । 

यसअघि सन् २०२२ को जुलाईमा अमेरिकी राष्ट्रपति जो बाइडेन कोभिड–१९ पोजिटिभ भेटिएका थिए 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको