Like us!
Follow us!
Connect us!
Watch us!

चितवनमा पहिलो महिला मेयर प्रभा बराल

शनिबार, ०६ जेठ २०७४, १६ : ५३ मा प्रकाशित

चितवनमा पहिलो महिला मेयर प्रभा बराल

अर्थ संसार 
चितवन - चितवनमा एमालेकी प्रभा बराल राप्ति नगरपालिकाको मेयर पदमा निर्वाचित भएकी छन् । उपमेयर पनि एमालेले नै जितेको छ । 

राप्ति नगरपालिकाको मेयरमा एमालेकी प्रभा बरालले कांग्रेसका किरणभूषण ओलीलाई ४३२१ मतको फराकिलो अन्तरले पछि पार्दै विजयी भएकी हुन् । 

बरालले ११६१३ मत प्राप्त गरेकी थिइन् । कांग्रेसका ओलीले ७२९२ मत प्राप्त गरे ।

उपमेयरमा एमालेकै ईमानसिंह लामाले ११८८२ मत ल्याई विजयी भए । उक्त पदमा कांग्रेसकी अनिता मैनालीले ७०७४ मत प्राप्त गरेकी छन् ।

१३ वडा रहेको यो नगरपालिकामा ९ र १२ बाहेक सबैमा एमाले उम्मेदवारले वडा अध्यक्ष जितेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको