Like us!
Follow us!
Connect us!
Watch us!

पूर्वराजा ज्ञानेन्द्र संक्रमण मुक्त,पूर्वरानीको स्वास्थ्य सुधारोन्मुख

अर्थ संसार

मंगलबार, २८ बैशाख २०७८, १४ : ४७ मा प्रकाशित

पूर्वराजा ज्ञानेन्द्र संक्रमण मुक्त,पूर्वरानीको स्वास्थ्य सुधारोन्मुख

पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्थामा निकै सुधार भएको छ । उनको २ दिनअघि गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको नर्भिक अस्पतालले जनाएको छ । 

पूर्व अधिराजकुमारी प्रेरणा शाहको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको छ । स्वाब रिपोर्ट नेगेटिभ आएपछि लगातार अक्सिजनकै सपोर्टमा उपचार गराइरहनुभएका पूर्व राजा शाहलाई अक्सिजन दिन छाडिएको छ । उहाँको अवस्था अहिले सामान्य छ ।
त्यस्तै पूर्व बडामहारानी कोमल शाहको स्वास्थ्य अवस्थामा पनि लगातार सुधार भइरहेको अस्पतालले जनाएको छ । 

पुर्वरानी शाहको स्वास्थ्यमा जटिलता आएपछी प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । उनको अवस्थामा सुधार भएपछि केही दिनअघिदेखि नै आइसियूबाट वार्डमा सारेर उपचार जारी राखिएको छ । पछिल्लो समय उनलाई दिइँदै आएको अक्सिजनको मात्रा समेत घटाउँदै लगिएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको