Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमणले प्राइम लाइफ इन्स्योरेन्सका संचालक काफ्लेको मृत्यु

अर्थ संसार

मंगलबार, २८ बैशाख २०७८, २१ : ५१ मा प्रकाशित

कोरोना संक्रमणले प्राइम लाइफ इन्स्योरेन्सका संचालक काफ्लेको  मृत्यु

कोरोना संक्रमणका कारण प्राइम लाइफ इन्स्योरेन्सका स्वतन्त्र संचालक राजेन्द्र काफ्लेको मृत्यु भएको छ । 

केही दिनअघि कोरोना संक्रमण पुष्टि भएका काफ्ले  शिक्षण अस्पताल भर्ना गरिएको थियो । सो क्रममा उनको आज निधन भएको उनी निकट स्रोतले जनाएको छ । 

उनी २०४४ सालमा कोषमा शाखा अधिकृतको रुपमा प्रवेश गरी कोषको उच्च पद सह प्रशासक (मुख्य अधिकृत)पदबाट अवकाश भएका थिए । 

सेवानिवृतपछि गत असोज २० गते बसेको प्राइम लाइफको संचालक समितिको बैठकले २१ गतेदेखि लागू हुने गरी उनलाई स्वतन्त्र संचालकमा चयन गरेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको