साधना लघुवित्त वित्तीय संस्थाले सामारी टन ट्रष्टलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । गोरखाको हरमटारीमा केन्द्रीय कार्यालय रहेको उक्त वित्तीय संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामारी टन ट्रष्ट काठमाडौँलाई रु एक लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
 वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० रेशम न्यौपानेले नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गर्दै स्वास्थ्य सामग्री सहयोग गरेको राससलाई जानकारी दिनुभयो । “अतिविपन्न, असहाय, अपाङ्गता भएका व्यक्ति र मजदूर परिवारलाई सहयोग गर्ने लक्ष्यअनुसार स्थापना भएको सामरी टन ट्रष्टलाई हामीले मास्क, स्यानिटाइजर, पञ्जा, साबुन, फेसशिल्ड सहयोग गरेका हौँ”, उहाँले भन्नुभयो ।
वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै गरिएको यस सानो सहयोगले लक्षित समुदायको मनोबलमा थप योगदान पुग्ने विश्वाससमेत लिइएको छ । वित्तीय संस्थाले यसअघि पनि विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आइरहेको र आगामी दिनमा समेत गर्ने सिइओ न्यौपानेले बताउनुभयो ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस