Like us!
Follow us!
Connect us!
Watch us!

साधना लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा रेशम न्यौपानेको निरन्तरता

अर्थ संसार

शुक्रबार, २५ भदौ २०७८, १६ : ४४ मा प्रकाशित

साधना लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा रेशम न्यौपानेको निरन्तरता

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रेशम न्यौपानेलाई निरन्तरता दिइएको छ ।

वित्तीय संस्थाको सञ्चालक समितिको विहिवार साँझ बसेको बैठकले २०७८ असोज १ गतेवाट लागु हुनेगरी थप ४ वर्ष (दोश्रो कार्यकाल) का लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

उनी उक्त संस्थामा स्थापना काल देखिनै प्रमुख कार्यकारी अधिकृतको रुपमा पदभार समाल्दै आएका छन् । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफा वाट शेयरधनीहरुलाई २५ प्रतिशत बोनश शेयर तथा १.३२ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश घोषणा गरेको छ ।

वित्तीय संस्थाले ०७८ श्रावण मसान्त सम्म ४वटा प्रदेशका ३० जिल्लाहरुमा ७७ शाखा कार्यालय मार्फत् सेवा दिदैं आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको