Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न साधना लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

अर्थ संसार

सोमबार, १८ असोज २०७८, ०७ : १२ मा प्रकाशित

लाभांश पारित गर्न साधना लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौं बार्षिक साधारणसभा आह्वान गरेको छ  ।

कम्पनीको असोज १७ गते बसेको सञ्चालक समितीको बैठकले बार्षिक साधारणसभा कार्तिक १३ गते शनिबार होटल गोरखा बिसौनि गोरखामा बिहान ११ बजेबाट गर्ने निर्णय गरेको हो । कम्पनीले साधारण सभामा सहभागिता र लाभांश प्रयोजनका लागि कार्तिक ३ गते देखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले कार्तिक २ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागि हुन र लाभांश प्राप्त गर्नेछन् ।

साधारण सभाले सञ्चालक समितीद्धारा प्रस्तावित लाभांश अनुमोदन गर्ने छ । कम्पनीको सञ्चालकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

त्यसैगरी, सभामा संस्थाको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक  नियुक्ती  गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

615a591366a8e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको