Like us!
Follow us!
Connect us!
Watch us!

आइफोनको मूल्य नेपालमा घट्यो

आइतबार, ०७ जेठ २०७४, १० : ३३ मा प्रकाशित

आइफोनको मूल्य नेपालमा घट्यो

अर्थ संसार,
काठमाडौं– यो ग्राहकहरुका लागि आइफोन किन्ने सबैभन्दा उपयुक्त समय हुनसक्दछ । जो लामो समयदेखि आइफोन किन्ने चाहना राखिरहेका थिए उनीहरुले अब उत्कृष्ट मूल्यमा आइफोन किन्न सक्ने भएका छन् ।
 
एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले नेपालमा वर्षौैदेखि बजारमा एप्पलका उत्पादनहरु बिक्री गर्दै आएको छ ।

नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु(म्याकबुक्स, आइप्याड एयर) को एक मात्र बितरक जेननेक्स्टले आइफोनको मूल्यमा कटौती गरेको घोषणा गरेको छ ।

आइफोन सेभेन ३२ जीबी ब्ल्याकको नयाँ मूल्य रु.८६,०००, आइफोन सेभेन १२८ जीबी गोल्ड, रोज गोल्ड, ब्ल्याक, जेट ब्ल्याक र रेडको मूल्य रु.९९,८००, आइफोन सेभेन २५६ जीबी गोल्ड, रोज गोल्ड, ब्ल्याक, जेट ब्ल्याकको मूल्य रु.१,१२,००० तोकिएको छ । त्यसैगरि आइफोन सेभेन प्लस३२ जीबी ब्ल्याकको नयाँ मूल्य रु.१,०५,०००, आइफोन सेभेन प्लस १२८ जीबीको मूल्य रु.१,१९,०००, आइफोन सेभेन प्लस २५६ जीबी ब्ल्याक, जेट ब्ल्याक र रेडको मूल्य रु.१,३२,००० तोकिएको छ । यसैगरि, आइफोन सिक्स ६४ जीबी गोल्ड वा स्पेस ग्रेको मूल्य रु.६८,०००, १२८ जीबी गोल्ड वा स्पेस ग्रेकोे मूल्य रु.७८,०००, आइफोन एसई ६४ जीबी गोल्ड वा रोज गोल्डको मूल्य रु.५२,५०० तोकिएको छ ।
आइफोन सिक्स एस ३२ जीबी गोल्ड, रोज गोल्ड, अथवा स्पेस ग्रेको मूल्य रु.७२,८०० र आइप्याड प्रो ९.७ स्मार्ट की बोर्डसहितको मूल्य रु.१७,५०० तोकिएको छ ।

सबै आइफोनहरु विशेष अफरमा उपलब्ध छन, जसमा आइफोन सेभेन तथा सेभेन प्लसमा १ जीबी एनसेल डाटा प्रति महिना ६ महिनासम्म, एउटा ब्याक कभर, टेम्पर ग्लासका साथसाथै मासिक किस्ताबन्दीमा उपलब्ध छ ।
  

सक्कली भ्याटबिल लिन तथा एप्पलका उत्पादनहरुमा १ वर्षको वारेन्टिका लागि ग्राहकलाई आधिकारिक च्यानलहरुबाट मात्र खरिद गर्न कम्पनीले ग्राहकहरुलाई अनुरोध गरेको छ ।

 कम्पनीले  ग्राहकहरुलाई सक्कली बिल मात्र लिन हुन हार्दिक अनुरोध गरेको छ  । कम्पनीले आधिकारिक डिलरहरुः ओलीज, फ्यूचर वल्र्ड, एपेक्स, क्वालिटी कम्प्यूटर (बिर्तामोड, झापा), कम्प्यूटर सेल्स सेन्टर(बुटवल, रुपन्देही), हिमालयन अफीस अटोमेसन(पोखरा, कास्की) बाट मात्र खरिद गर्न र जेननेक्स्टको होलोग्राम बक्समा हेर्न नभुल्न आग्रह गरेको छ ।

 ग्राहकले खरिद गरेको एप्पलका उत्पादनहरु आधिकारिक हुन वा होइनन थाहा पाउनका लागि ग्राहकले यो वेबसाइट लिंकमा www.gnextcom.com/check-service-tag गएर एप्पल आइफोनको सिरियल नम्बर अथवा आईएमईआई नम्बर राखेर जाँच गर्न सक्नेछन् ।

सबै ग्राहकलहरुलाई कम्पनीले एप्पलका सक्कली उत्पादनहरुका लागि मात्र रकम खर्चगर्न र एप्पल स्ट्याण्डर्ड वारेन्टी प्राप्त गरेर खरिद गर्दा सर्तकता अपनाउन साथै सुनिश्चित  गर्न कम्पनीले आग्रह रहेको छ ।कम्पनीका अनुसार थुप्रै फोनहरु अनाधिकृत रुपमा देश भित्र आयात हुने गरेका छन् र ती उच्च मुल्यका हुन्छन, तर त्यस्ता फोनहरुको कुनै वारेण्टी हुँदैन र फोन भित्रका विभिन्न पार्टहरु पनि न्यून गुणस्तरका सामाग्रीहरु राखेर फेरिएका हुन्छन् ।

 एप्पलका प्रयोगकर्ताहरुलाई सक्कली उत्पादनहरु मात्र खरिद गर्न र अनधिकृत रुपमा आउने सामाग्रीहरुबाट टाढै रहन कम्पनीले  आग्रह गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको