Like us!
Follow us!
Connect us!
Watch us!

नर्भिकले भन्यो - "अक्सिजन चरम अभाव भयो, अकल्पनीय घटना घट्न सक्छ"

अर्थ संसार

बुधबार, २९ बैशाख २०७८, १६ : ०२ मा प्रकाशित

नर्भिकले भन्यो - "अक्सिजन चरम अभाव भयो, अकल्पनीय घटना घट्न सक्छ"

नर्भिक इन्टरनेशनल अस्पतालले कोभिड संक्रमणको दर बढेसँगै अक्सिजनको अभाव चरम बन्दै गएको जनाएको छ ।

अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै संक्रमणको दर बढेसँगै अक्सिजनको अभाव चरम बन्दै गएको बताएको हो।

राज्यको अनुदार नीतिले समस्यालाई झन् बल्झाएको र तोकिएको कोटा अनुसार अक्सिजन उपलब्ध हुन नसकेको भन्दै यो अवस्था जारी रहने हो भने अकल्पनीय घटना हुन सक्ने अस्पतालले जनाएको छ ।

कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहद्वारा जारी विज्ञप्ति लेखिएको छ, "हामी आफ्नो कर्म प्रति समर्पित छौं । अक्सिजन लगायत अन्य उपचार सामग्री उपलब्ध भए सम्म बिरामीको उपचार सेवामा कुनै कमी हुन दिने छैनौ । साथै, स्थिति हाम्रो काबु बाहिर नजाओस भनि हामी प्रयत्नशील पनि छौं ।"

विज्ञप्तिमा यो समय बाँच्ने र बचाउने समय भएको भन्दै नेपाल सरकारका सम्बद्ध निकायहरूका साथै सबै पक्षलाई संवेदनशील भएर कोभिडविरुद्धको लडाईमा विवेकशील भई आ–आफ्नो दायित्व निर्वाह आग्रह गरिएको छ ।

609bac7378e8d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको