Like us!
Follow us!
Connect us!
Watch us!

काठमाण्डौमा नर्भिकको प्रभातफेरि

अर्थ संसार

आइतबार, ०३ बैशाख २०८०, १६ : ३५ मा प्रकाशित

काठमाण्डौमा नर्भिकको प्रभातफेरि

 थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो ३० औं वार्षिकोत्सवको अवसरमा आज(आइतबार) काठमाण्डौमा प्रभातफेरि कार्यक्रम आयोजना गरेको छ । 

देशमा गुणस्तरीय र विश्वस्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक इन्टरनेशनल हस्पिटलले थापाथलीस्थित अस्पताल क्षेत्रबाट प्रभातफेरि कार्यक्रमको सुरुवात गरेको थियो । त्रिपुरेश्वर, भद्रकाली, माइतीघर हुँदै प्रभातफेरि पुनः नर्भिक अस्पतालमै आएर टुंगिएको थियो । 

प्रभातफेरिमा नर्भिक अस्पतालका उच्च व्यवस्थापनका अधिकारी, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । प्रभातफेरिमा सहभागीहरुले विभिन्न स्वास्थ्यसँग सन्देशमूलक नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए । 

नर्भिकले आफ्नो वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गर्दै भव्यतापूर्वक मनाइरहेको छ । भोलि(सोमबार) अस्पताल परिसरमै वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम पनि राखिएको छ । 

यसैबीच, नर्भिक अस्पतालले ३० औं वार्षिकोत्सवका अवसरमा विभिन्न अफरहरु पनि सार्वजनिक गरेको छ । 
वार्षिकोत्सवको अवसरमा अस्पतालका सबै स्वास्थ्य प्याकेजमा बैशाख १ गतेदेखि बैशाख ८ गतेसम्म एकसाताका लागि ३० प्रतिशत छुटको घोषणा गरिएको छ । 

यसैगरी, लेजर र हाइड्रा फेसियलमा ३० दिनका लागि ३० प्रतिशत छुट, आइभिएफ(फर्टिलिटी प्याकेज) ३० दिनका लागि ३० प्रतिशत छुट, म्यामोग्राफीमा ३० दिनका लागि ३० प्रतिशत छुट समेत उपलब्ध रहेको अस्पतालले जनाएको छ । 

अस्पतालले पत्रकार परिवारका लागि समेत विशेष हेल्थ प्याकेज ल्याइने यसअघि नै घोषणा गरिसकेको छ । 

वार्षिकोत्सवकै अवसर पारेर अस्पतालले काठमाण्डौभित्र र बाहिर गरी ४ वटा विशेष स्वास्थ्य शिविर समेत आयोजना गर्दैछ । 
 

643bd32cc8888.jpg 643bd32ce45d1.jpg 643bd32d07d35.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको