Like us!
Follow us!
Connect us!
Watch us!

हालसालै आईपिओ जारी गरेको युनाइटेड इदी मर्दी हाइड्रोपावरको कस्तो छ वित्तिय अवस्था ?

अर्थ संसार

विहीबार, ३० बैशाख २०७८, १० : २४ मा प्रकाशित

हालसालै आईपिओ जारी गरेको युनाइटेड इदी मर्दी हाइड्रोपावरको कस्तो छ वित्तिय अवस्था ?

युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सो अवधिसम्म कम्पनीले आकर्षण प्रगति गरेको छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफामा उछाल आएको छ । गत वर्षको सोहि अवधिसम्म कम्पनी १ करोड २८ लाख रुपैयाँ घाटामा रहेकोमा अहिले यो समिक्षा अवधि सम्ममा कम्पनीले १ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

चैत मसान्तसम्म कम्पनीले विद्युत् बिक्रीबाट १० करोड ६ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोहि अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट ७ करोड ८४ लाख रुपैयाँ आर्जन गरेको थियो । यो मुनाफा कम्पनीको गत बर्षको मुनाफाको तुलनामा २८.३० प्रतिशतले बढि हो । 

हाल चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ  रहेको छ भने कम्पनीको जगेडा कोषमा २ करोड ७३ लाअ रुपैयाँ ऋणात्मक छ  । कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ६९ पैसा र प्रतिसेयर नेटवर्थ ९३ रुपैयाँ ५० पैसा रहेको छ ।

कम्पनीले गतबर्ष मात्र सर्वसाधारणकालागि साधारण सेयर जारी गरेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको