Like us!
Follow us!
Connect us!
Watch us!

सिईडिबिको आईपीओ बाँडफाँड कहिले ? यस्तो आयो क्यापिटलको जबाफ

अर्थ संसार

विहीबार, ३० बैशाख २०७८, १२ : २७ मा प्रकाशित

सिईडिबिको आईपीओ बाँडफाँड कहिले ? यस्तो आयो क्यापिटलको जबाफ

सिईडिविब हाइड्रोपावरले निश्कासन गरेको आईपीओ  बाँडफाँडको मिति अझै तय भएको छैंन । मिति बाँडफाँडको तय गर्नु नसक्नुको मुख्य कारण बढ्दो कोरोना संक्रमण र सरकारले गरेको निषेधाज्ञा रहेको छ ।

हामीले सिइडिबिको आईपीओ कहिले बाँडफाँड हुन्छ भनेर  बिक्री प्रबन्धक सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बिजय लाल श्रेष्ठलाई सोधका छौं ।  सिइओ श्रेष्ठले अर्थ संसारलाई भने - 'हामी तयारी अवस्थामा छौं, तर बाँडफाँड गर्नको लागि कर्मचारी, प्राविधिक साथिहरु जम्मा हुने अवस्था छैन्, यस्तो विषम परिस्थितिमा आईपीओ बाँडफाँड कहिले हुन्छ भनेर अहिले नै मिति तोक्न सक्ने अवस्थामा छैनौं । परिस्थिति अलि सहज हुने बित्तिकै हामी बाँडफाँड गर्नेछौं ।'

हामीले सिइओ श्रेष्ठलाई अर्काे हप्ता बाँडफाँड हुँदै भनेर समाचार आईरहेका भनेर पनि सोधेका थिऔं । सिइओ श्रेष्ठले भने-' हामीलाई थाहा छैन्, हामीले त भोली अर्थात शुक्रबार बाँडफाँड गर्ने तयारी गरेका थिऔं, तर त्यो सम्भव छैन्, अर्काे हप्ता बाँडफाँड हुन पनि सक्छ, नहुन पनि सक्छ, यस्तो अवस्थामा अहिले केही भन्न सकिने अवस्थ छैन् ।'

आईपिओ बाँडफाँडको प्रिअलमेन्ट समेत भएको छैन् । क्यापिटलले प्रि अलमेन्ट गरेर नेपाल धितोपत्र बोर्ड (सेबोन) मा पेस गरी बोर्डले स्वीकृत दिएपछि सेयर बाँडफाँड हुनेछ । 

सरकारले गरेको निषेधाज्ञाले सीडीएस एन्ड क्लियरिङ लिमिटेडका र क्यापिटलका कर्मचारी आवतजावतमा समस्या हुदाँ आईपीओको आवेदनमा परेको डाटा भेरीफाइन गर्न समय लगेको थियो । 

बैंशाख १७ गतेदेखि बैंशाख २१ गतेसम्म निश्कासन गरेको आईपीओ १७ लाख ३६ हजार ७०१ जनाले आवेदन दिएका छन् । आवेदन दिएका खरिदकर्ताहरूले २ करोड ६३ लाख ४५ हजार ५२६ कित्ता शेयरका लागि आवेदन दिएको कम्पनीको शेयर जारी तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले जानकारी दिएको छ । यो सर्वसाधारणलाई जारी भन्दा ११.२४ गुणा बढी आवेदन परेको हो ।

कमपनीले सर्वसाधारणका लागि २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर जारी गरेको हो । जसमा २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरूका लागि, ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोष र बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको छ ।

आईपीओमा मागभन्दा धेरै आवेदन परेकोले न्यूनतम १० कित्ताका दरले गोलाप्रथा विधीबाट बाँडफाँड गरिनेछ । जसअनुसार २ लाख ३४ हजार १९५ जनाले मात्रै न्यूनतम १० कित्ताका दरले आईपीओ पाउने सम्भावना छ । बाँकी १५ लाख भन्दा बढि आवेदकको हात खाली हुने देखिन्छ ।

बैंकको सेयर अझ undervalued, ट्रेन्ड अनुसार लगानी, ठूला लगानीकर्ता पर्ख र हेर अवस्थामा|Radha Pokharel


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको