Like us!
Follow us!
Connect us!
Watch us!

बुङ्गल हाइड्रोको आईपीओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

अर्थ संसार

विहीबार, ०२ असोज २०८२, १० : ३३ मा प्रकाशित

बुङ्गल हाइड्रोको आईपीओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा आज बिहान सो आईपीओ बाँडफाँट भएको हो  ।

कम्पनीले गत भदौ १६ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि १७ करोड १ लाख ५० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १७ लाख १ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गरेको थियो । सो सेयरमा कुल २१ लाख ७५ हजार ८८८ जनाले २ करोड ३७ लाख ३८ हजार ९१० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जसमध्ये ३२ हजार ६३८ आवेदन रद्द भएका छन् भने २१ लाख ४३ हजार २५० आवेदन स्वीकृत भएका छन् ।

मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रिया मार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ । जस अनुसार कुल १ लाख ७० हजार १५० जनाले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् ।

सिडीएससीको मेरो शेयरको वेबसाइट: https://meroshare.cdsc.com.np/#/login

सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट: https://iporesult.cdsc.com.np/

बिक्री प्रबन्धक हिमालयन क्यापिटलको वेबसाइट:https://himalayancapital.com/result

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको