Like us!
Follow us!
Connect us!
Watch us!

संस्थापक सेयर बिक्री गर्दै कुमारी बैंक

अर्थ संसार

शुक्रबार, ०३ असोज २०८२, ०८ : २३ मा प्रकाशित

संस्थापक सेयर बिक्री गर्दै कुमारी बैंक

कुमारी बैंक लिमिटेडले १ हजार ३२२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले उक्त सेयर हाल बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो ।

यसका लागि सेयरधनीहरूलाई ३५ दिनको समयावधि दिइएको छ भने इच्छुकले नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिन सकिने बैंकले जनाएको छ । 

सेयरको बिक्रीमूल्य भने सेयर बिक्रेताले तोके बमोजिम हुने बैंकले जानकारी दिएको छ । साथै तोकिएको अवधिभित्र बैंकका संस्थापक सेयरधनीबाट आवेदन प्राप्त नभएमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बताएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको